www.tandavnews.com
Fact ~ In search of truth

हिँसापिडित सेतीले १७ बर्षपछि पाइन नागरिकता

पर्वत ,
संजय रेग्मी / ताण्डव न्युज ।

पर्वतको जलजला गाउँपालिका ७ धाईरिङकी ३४ बर्षिय सेती परियारलाई लागेको थियो की आफुले जीवनभरी नागरिकताको प्रमाणपत्र नपाउने भएँ ।
श्रीमान गोविन्द दमाईले पालन पोषण र रेखदेखमा समेत असहयोग गर्दै नागरिकताको प्रमाणपत्र बनाउनमा पनि असहयोग गर्दै आएका थिए । तर, सेतीले बिबाह भएको १७ बर्षपछि जिल्ला प्रशासन कार्यालय पर्वतबाट बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन ।

नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा विभिन्न अवसरबाट बञ्चित हुनुका साथै अन्य बिभिन्न समस्यामा पर्दै आएकी सेतीलाई नागरिकता दिलाउन उनका श्रीमानले नभई शसुरा अर्थात श्रीमानका बुबाले सहयोग गरेका हुन ।

Batas

श्रीमानबाट पिडित सेतीले आँफु श्रीमान्बाट पिडित भएको र नेपाली नागरिकता समेत पाउन नसकेको भन्दै कार्तिक ८ गते पर्वत इन्सेक प्रतिनिधि समक्ष सहयोगका लागि निवेदन पेश गरेकी थिइन् ।

उनको निवेदनको आधारमा जलजला गाउँपालिका ७ धाइरिङका वडा अध्यक्ष टुङगनाथ शर्मा समक्ष सिफारिस दिलाउन पहल गर्नुका साथै प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल समक्ष पटक पटक नागरिकता दिलाउन आग्रह गरिएपछि सेतीलाई नागरिकताको प्रमाणपत्र दिलाउन सकिएको इन्सेक प्रतिनिधि सन्तोष थापाले जानकारी दिए । नागरिकता प्राप्त गरेपछि परियारले आफ्नो अधिकार खोज्ने ढोका खुलेको भन्दै खुशी व्यक्त गरेकी छिन ।

जलजला गाउँपालिका ७ साविकको धाइरिङ गाविस ३ माइतीघर भएकी सेतीले सोही स्थानमा घर भएका ३२ बर्षिय गोविन्द दमाई सँग २०५८ साल मंसिर २२ गते सामाजिक परम्परा अनुसार विवाह गरेकी थिइन ।

श्रीमान श्रीमतीले मजदुरी गरेर जिविका चलाउँदै आएको भएपनि एक बर्ष अघि श्रीमानले दोश्रो विवाह गरेर अर्की श्रीमती घरमा ल्याएपछि सेती घरेलु हिंसाको सिकार बन्दै आएकी थिईन ।

श्रीमान् गोविन्द परियारले बुधबार वडा कार्यालय धाइरिङमा पुगेर श्रीमतीलाई पालन पोषण र रेखदेखमा कुनै विभेद नगर्ने भन्दै लिखित रुपमा प्रतिबद्धता समेत जनाएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.