www.tandavnews.com
Fact ~ In search of truth

हिमालय र र्मस्याङदीबिच मैत्री सम्बन्ध कायम हुने

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको हिमालय क्लव र तनहुँ जिल्ला आँवुखैरनी ३ मा रहेको र्मस्याङदी युवा क्लवविच मैत्री सम्बन्ध कायम हुने भएको छ ।

क्लवबाट गठित संस्था सिफरिश छनौट समितिबाट प्राप्त सिफारि अनुसार मस्र्याङदी युवा क्लवसँग मैत्री सम्बन्ध कायम गर्नेबारेमा माघ १२ गते अध्यक्ष श्री मोहनबहादुर थापाले विशेष प्रस्ताव स्वरुप पोखरा १६ अर्मलाकोटमा क्लवबाट आयोजित सिद्ध मन्दिर क्षमा पूजा कार्यक्रमका विच पेश गरे अनुसार सो प्रस्तावलाई मानार्थ सदस्यहरु, क्लव कार्यसमिति, सल्लाहकार, पूर्व कार्यसमितिका सदस्यहरु, वडा नं. १६ का जनप्रतिनिधिहरु एवं अन्य सरोकारवालाहरुले सर्वसम्मत अनुमोदन गरेका थिए ।

त्यस्तै गरी सोही दिन मस्र्याङदी यवा क्लवका अध्यक्ष जयप्रकाश के.सीले क्लव कार्यसमिति, मानार्थ, सल्लाहकार एवं स्थानीय सरोकारवालाहरुको उपस्थितिमा हिमालय क्लवसँग मैत्री सम्बन्ध कायम गर्ने प्रस्ताव पेश गरे अनुसार सो भेलाले प्रस्तावलाई सर्वसम्मत पारित गरेको थियो । विशेष समारोहको संयुक्त आयोजना गरी मैत्री सम्बन्ध कायम गरिने भएको छ ।

हिमालय क्लवले सो कार्यलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि संस्था छनौट सिफारिश समितिका संयोजक एवं क्लवका कोषाध्यक्ष शिवराज देवकोटालाई जिम्मेवारी प्रदान गरेको बताएको छ। सो कार्यक्रममा दुवै संस्थाका कार्यसमिति सदस्य, मानार्थ सदस्य, सल्लाहकार एवं दुवै जिल्लाका केही माननीय सांसदहरुको पनि उपस्थिति रहने मस्र्याङदी युवा क्लवका सल्लाहकार एवं अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवं जिल्ला फुटबल संघ तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

हिमालय क्लवले प्रदेश नं. ४ का क्लवहरुको अध्ययन गरी मैत्री सम्बन्ध कायम गर्न मिल्ने संस्था छनौट गर्न यस अघि नै क्लवका कोषाध्यक्ष शिवराज देवकोटा संयोजक र क्लव कार्यसमितिका सदस्यहरु यमबहादुर कार्की र लक्ष्मीकुमारी पौडेल सदस्य रहेको समिति गठन गरेको र सोही समितिको सिफारिशमा यो कार्यक्रम तय गरिएको जानकारी गराएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.