www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री चयन गर्ने अधिकार एमाले अध्यक्ष ओलीलाई

काठमाडौँ(रासस)

नेकपा (एमाले)ले स्थायी समितिको बैठकले मन्त्रिपरिषद् सदस्य चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी समिति बैठकले भूगोल, समावेशीता र क्षमता हेरेर यथाशक्य चाँडो मन्त्री चयन गर्ने अधिकार दिएको पार्टी सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

Batas

उहाँले भन्नुभयो, “आजको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने क्रममा नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टीसहित पार्टीभित्रका नेतासँग छलफल गरेर मन्त्री चयनको जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई दिएको छ ।”

त्यसैगरी बैठकले दुई पार्टीबीच एकताका क्रममा यही फागुन ७ गते भएको सात बुँदे सम्झौता पार्टी एकीकरणको सकारात्मक आधार भएको भन्दै अनुमोदनसमेत गरेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले पार्टी एकीकरणमा रहेकाले पार्टीका विभिन्न जनवर्गीय संगठनका अधिवेशन र सम्मेलनको मिति तय भएको भए तत्काल स्थगित गर्ने निर्णयसमेत गरेको छ तर पार्टीको सदस्यता नवीकरण तथा विस्तार र आन्तरिक प्रशिक्षणलाई भने जारी राख्न बैठकले निर्देशन दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.