पाेखरा
ताण्डव न्यूज ।
सरकारले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।

छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने रहेका छन्।
साथै बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारसहित सात जनाको घटनास्थलमै मृत्यु भएको हो।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.