www.tandavnews.com
Fact ~ In search of truth

पोखराको सुकुम्बासी समस्याको दिगो समाधान गरिने छ : पन्त

पोखरा।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कास्की क्षेत्र नं–२का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका सुर्वण राज पन्तले पोखरामा रहेका सुकुम्बासीको समस्याको दिगो समाधान गरिने बताएका छन् । आज पोखराका विभिन्न स्थानमा भएको घर दैलो कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले पोखरामा सुकुम्बासी समस्या जटिलरुपमा रहेको र यसलाई चुनावी एजेन्डा मात्रै भन्दा पनि दिगो समाधान तर्फ लाग्नु पर्ने बताए । पन्तले पोखरामा रहेका सुकुम्बासी जनसमुदायलाई रातो लालपूर्जा भन्दा पनि रोजगारको आवश्यकता रहेको धारणा ब्यक्त गरे ।

उनले यो ५ वर्षमा सुकुम्बासीको आर्थिक स्तर सबल बनाइने बताए । “सुकुम्बासीलाई रातो लालपूर्जा भन्दा पनि उहाँहरुलाई सबल र सक्षम बनाउन रोजगारको ब्यवस्था गर्ने छौँ ।” उनले भने,“ अबको ५ वर्षमा सुकुम्बासीलाई रातो लालपूर्जा भन्दा पनि उहाँहरुको जीवन स्तर र आर्थिक स्तरलाई बझबुत बनाइने छ ।” उनले पोखराको तमाम समस्याको समाधनका निम्ति आफू कटिबद्ध रहेको समेत बताए ।

Batas

राप्रपाले आयोजना गरेको घर दैलो कार्यक्रममा मतदाताको उत्साहाजनक उपस्थिती रहेको थियो । उपस्थिती अधिकांश मतदाताले युवा उम्मेदवारलाई मतदान गर्ने आतुर रहेको समेत बताएका थिए ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.