www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरपालिका–१३ को कार्यालयमा चोरी

पोखरा,
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका–१३ को कार्यालयमा चोरी भएको छ । बिहीबार साढे १० बजेको समयमा चोरी भएको वडा अध्यक्ष दर्शन लामाले बताए ।

उनका अनुसार ४ वटा मनिटर, २ वटा सिपियू, २ वटा प्रिन्टर, २ वटा सीसी क्यामरा र २ वटा मल्टिप्लग चोरी भएको छ । ‘सीसी क्यामरामा चोरी गर्ने व्यक्ति देखिएको छ,’ उनले भने, ‘सीसी क्यामराको फुटेज प्रहरीलाई बुझाएका छौं ।’ उनका अनुसार २ लाख बराबरको क्षति भएको छ । सरकारी कार्यालय सुरक्षित नहुनु भनेको दुखको कुरा रहेको लामाले बताए ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.