www.tandavnews.com
Fact ~ In search of truth

रञ्जित गजमेरको सम्मानमा साँगीतिक कार्यक्रम

ताण्डव संवाददाता
पोखरा, माघ २९

नेपाली फिल्म संगीतमा ‘बाँसुरी’ बाट समाहित गराएका रञ्जित गजमेरको सम्मानको लागि पोखरामा अभिनन्दन तथा साँगीतिक कार्यक्रम गर्न लागिएको छ । हाल मुम्बईमा रहेका गजमेरलाई नेपाली संगीतमा फरक पहिचान बनाएको कन्दरा व्याण्ड र पोखरा–लेखनाथ महानगरपालिकाले पोखरा निम्त्याउन लागेको हो ।

नेपाली चलचित्रमा सयभन्दा बढी गीतमा संगीत दिएका गजमेरले ‘सम्झना, कुसुमे रुमाल, वासुदेव, साइनो, लाहुरे, चिनो, दुई थोपा आँसु, कोसेली, दर्पणछाया’ का गीतमा उनले एकछत्र छाएका थिए । हार्मोनियममा ‘विरताको चिनो विरको सन्तान, सहिदको रगत, लाहुरेको निशानी’ बजाई नेपाली संगीतलाइ उचो राख्न योगदान पु¥याएका गजमेरको फागुन १९ गते पोखरा उद्योग वाणिज्य संघको हलमा उनकै उपस्थितिमा ‘रञ्जित गजमेर अभिनन्दन तथा साँगीतिक कार्यक्रम’ हुन लागेको हो ।

Batas

संगीतकार तथा गायक गजमेरको सम्मानमा पोखराका चर्चित व्यान्ड विवेक श्रेष्ठ, गायक कर्णदास, रामभक्त जोजिजू, विनोद बानिया, रोजनी रिदम राई, अजुदा थापा, स्वरुपा आशा र रोबी गौली लगायतले लाइभ कन्सर्टमा उनकै गीत गाउनेछन् ।

कन्दरा व्याण्डका भोकलिस्ट विवेक श्रेष्ठले कार्यक्रम पैसा कमाउने भन्दा पनि सम्मानका हिसाबले च्यारिटीको रुपमा लिइएको बताए । सो कार्यक्रममा मिलेसम्म गजमेरको मुम्बईमा रेकर्ड गरेको एल्बम ‘कृति’ विमोचन हुन सक्ने श्रेष्ठले जानकारी दिए । ‘७९ वर्षीय गजमेरको सम्मान राष्ट्रिय गौरबको रुपमा लिएका छौं,’ उनले भने, ‘स्रष्टा जिउँदै छँदा उनकै अगाडि गीत गाएर कि सम्मान नगर्ने भन्ने हेतुले कार्यक्रम गर्न लागेका हौं ।’

कवि तीर्थ श्रेष्ठले नेपालको संगीतलाई गजमेरले भारतसम्म पु¥याएर योगदान औल्याए । ‘नेपाली फिल्म संगीतको मेलोडी किङको रुपमा गजमेरलाई लिन सकिन्छ,’ उनले भने, ‘उनले संगीत दिएका फिल्मका गीत उत्कृष्ट छन् ।’ गजमेरले संगीतमा चाहे मादललाई मुम्बईमा स्थापीत गराएर हुन्छ कि थुप्रै भारतीय फिल्ममा संगीत भरेर हुन्छ उनको योगदान अतुलनीय रहेको श्रेष्ठले प्रस्टाए । गजमेर भारतीय संगीत तथा सिने क्षेत्रमा कान्छा नामले परिचित छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.