पोखरा, २९ माघ ।
वाङसिङ पोखरा एकता समाजको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले विरेन्द्र हमालको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । हमालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा खडानन्द लामिछाने, सचिव अर्जुन पौडेल र कोषाध्यक्ष सृजना केसी छन् । त्यसैगरि सदस्यहरुमा भविश्वर लामिछाने, कल्पना पौडेल, विश्ववन्धु पौडेल, विश्वराज पौडेल, विश्वराज पौडेल र ठाकुरप्रसाद पौडेल छन् ।

कार्यक्रमको अवसरमा समाजका वृद्ध वुवा आमाहरुको सम्मान तथा खडानन्द लामिछानेले प्रकाशन गरेको पुस्तक भावनाका छालहरुको विमोचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका प्रमुख नरेन्द्रराज पौडेलले समाजले गरेका रचनात्मक कामहरुको प्रशंसा गर्दै त्यसलाई निरन्तरता दिन आग्रह गरे ।
सो अवसरमा आँधी खोला गाउँपालिका वडा न ं ४ का अध्यक्ष चिन्तामणी पौडेल लगायतले बाेलका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.