www.tandavnews.com
Fact ~ In search of truth

चिसोका कारण विकास र निर्माणमा समस्या

मनाङ।
भौगोलिक विकटताका कारण प्राकृतिक सुन्दरताले भरपूर हिमाली जिल्ला मनाङको विकास र निर्माणकामा असर परेको छ । जाडो याम सुरु भएलगत्तै यहाँ मानवीय चहलपहल पनि घटेको छ । वर्षा र हिउँदका कारण हरेक आर्थिक वर्षमा एक तिहाईभन्दा बढी समय निर्माणकार्य गर्न नसकिने पूर्वाधार विकास कार्यालयका प्रमुख जय विष्टले बताए। वातावरण प्रतिकूल रहने भएकाले बाँकी समय (चार पाँच महिना) मात्र काम गर्न सकिन्छ ।

वर्षाका कारण बेँसीशहर–चामे–मनाङ–खाङ्सार सडक खण्डको अधिकांश स्थानमा माल्याण्ड स्लाईड, रक फल तथा काठे पुल भत्कदा यातायात सोवा अवरुद्ध हुने र काम गर्नुपर्ने बेलामा निर्माण सामग्री ढुवानीमा कठिनाइ हुने गरेको उनको भनाइ थियो ।

सामग्री ढुवानीमा कठिनाई हुँदा कतिपय सालबसाली योजना समयमै सम्पन्न गर्न समस्या हुने र बजेट फ्रिज भएर जाने गरेको छ । “चिसोका कारण माथिल्लो मनाङ (ढिकुर पोखरी, पिसाङ, हुम्दे, ङावल, मनाङ, खाङसार) मा यतिबेला तापक्रम माइनसमा पुग्छ, यसले गर्दा सम्पूर्ण विकास निर्माणका काममा प्रत्यक्ष असर पारेको छ, निर्माणको कम पूर्ण रुपमा ठप्प छ”, प्रमुख विष्टले भने, “तल्लो बेल्ट ९थानचोक, स्यालक्यु, १५ तिमाङ, दानाक्यु, बगरछाप, ओडार, ताचै, धारापानी, थोँचे, तिल्चे, नाचै, ताल, घेराङलगायत स्थानमा भने हालसम्म पनि फाटफुट काम भइरहेको छ ।”

Batas

हालसम्म यहाँ हिमपात नभए पनि अब यहाँ हिमपात हुने सम्भावना बढेकाले कम मात्रामा रहेका कार्यसमेत अवरुद्ध हुनसक्ने उनले बताए। यहाँ १२ महिनामा बढीमा चारदेखि पाँच महिनामा मात्रै निर्माणको काम सहजरुपमा गर्न सकिन्छ ।

स्थानीयवासी जाडो छल्न बेँसी झर्नु अनि वसन्तको आगमनसगै उकालो चढ्नु मनाङवासीको पुरानो रीत हो। विशेषगरी माथिल्लो मनाङ (सदरमुकाम चामेभन्दा माथि)का बासिन्दा यतिबेला भेटिन मुस्किल हुन्छ तर तल्लो मनाङ (सदरमुकाम चामे भन्दा ताल) भने कम मात्रामा स्थानीयवासी रहेका र त्यहाँ अहिले पनि निर्माणका कार्य आंशिक रुपमा भइरहेको बताइएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.