www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन दिवसमा पोखरामा मिनि महोत्सव

पोखरा,
ताण्डव न्यूज ।

विश्व पर्यटन दिवसको अवसरमा रेवान पोखराले मिनि महोत्सव–२०१८ आयोजना गर्ने भएको छ । असोज ११ गते (भोली) बिहीबार महोत्सवको आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

एक दिने महोत्सव बाराही घाटदेखि खहरेसम्मको क्षेत्रमा मिनि स्ट्रेड फेष्टिबलको रुपमा रहने जनाइएको छ ।

Batas

कार्यक्रमका संयोजक रेवान पोखराका उपाध्यक्ष लक्ष्मण बरालले महोत्सवमा विभिन्न देशका खाना, बृतचित्र प्रर्दशनी, नेपाली जातिय मौलिक सांस्कृृतिक नृत्य, नेवारी तयामचा, पञ्चेबाजा तथा पप व्याण्डहरुको प्रस्तुति रहने जानकारी दिए ।

उनका अनुसार साँझ ५ बजेदेखि सुरु हुने महोत्सवमा रातीको १२ बजेसम्म मनोरञ्जन लिन सकिने छ । पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिवी पोखरेल, उपाध्यक्ष गोपीबहादुर भट्टाराई, रेवान पोखराका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङ लगायतले विश्वपर्यटन दिवसको महत्व र दिवसमा हुने विभिन्न कार्यक्रममका बारेमा प्रकाश पारेका थिए ।

रेवान पोखराका महासचिव गणेश ढकालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.