
ताण्डव संवाददाता
पोखरा, माघ २३ ।
‘सत्याकृत व्याण्ड’ ले पोखरामा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’गर्ने भएको छ । आज हल्लनचोक लेकसाइडमा साँझ ६ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।

फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजनामा हुने कार्यक्रममा व्यान्डले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चीमेली शैलीका गीत, भजन प्रस्तुत गर्ने व्यान्डका म्यानेजर विजय गौतमले जानकारी दिए । व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिने गौतमले बताए ।
‘युवाहरुमा नैतीक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक व्याण्ड ‘सत्याकृत व्याण्ड’ विगत ५ वर्ष अघि स्थापना भएर नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडी चौर, चरीकोट, पोखरा,दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथाअनौपचारिक प्रस्तुति दिइसकेको छ ।

व्यान्डका सदस्यका अनुसार नेपाल बाहिर दार्जिलिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ ।
शिवरात्री साँगीतिक कार्यक्रममा टी टाइम रेष्ट्रो, पोखरा पिज्जा, साधना योगा रिट्रिट, नेपालप्याराग्लाइडिङ पाइलट क्लब, खहरे दाजुभाई युवाक्लब, खहरे आमा समूह, बाबु एड्भेन्चर स्कुलले कार्यक्रमलाई सपोर्ट गरेको छ ।
व्यान्डले माघ १२ गते भएको ‘हिट्स एमफम म्युजिक अवार्ड –२०७४’ मा ‘वेस्ट गु्रप पर्फमेन्स’ विधाको छनौटमा मनोनीतभई व्याण्डको ‘गणेश गणनायक’ नामक गीतले उत्कृष्ट अर्वाड प्राप्त गरिसकेको व्यान्डका अर्का सदस्य लक्ष्मण बयलकोटीले बताए ।
व्यान्डले केही सयम पहिले पशुपतिशर्माको आवाजमा ‘सत्य सत्य मिलेर’ गीत बजारमा सार्वजनिक गरेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।