सन्तोष सुवेदी
पोखरा, फागुुन १
नायिकाबाट निर्मात्री बनेकी श्वेता खड्काले पोखरा आफ्नो दुख विसाउने ठाउँ भएको बताएकी छन् ।
फिल्म ‘कान्छी’ निर्माण गरी देश दौडामा पोखरा आएकी श्वेताले विश्वमा जहाँ पुगेपनि पोखरा जस्तो मन पर्ने ठाउँ अरु नभएको बताइन् । ‘यहाँ आउँदा हरेक दुख विर्सन्छु । पोखरा आइरहन मन लाग्छ,’ उनले भनिन ।
फागुन ४ गतेदेखि प्रदर्शनमा आउन लागेका ‘कान्छी’ राम्रो बनाउने मेहनत गरेको सुनाइन् । ‘संघर्षबाट बाहिर आएर राम्रो फिल्म बनाउने प्रयास गरेको हुँ,’ उनले भनिन, ‘फिल्ममा एउटामात्र मुख्य पात्र छैन् । ट्रेलर, गीतको राम्रो रेस्पोन्स पाउँदा सफल हुन्छु भन्ने लागेको छ ।’
उनले पोखरेली पत्रकारमाझ फिल्ममा कमव्याक भएको खुलाइन् । ‘कमव्याक हुन्छु भन्ने लागेको थिएन् । यसको सबै श्रेय दर्शकलाई जान्छ,’ उनले भनिन, ‘हिम्मतको साथ यसरी अगाडि आउँछु भन्ने कल्पना गरेको पनि थिइन् ।’
भविष्यको कुनै योजना नभएपनि फिल्ममा नायिका भए नभएपनि यो क्षेत्रबाट टाढा नरहने सुनाइन् ।
उनले फिल्म उद्योगले नायिका बनाएको भन्दै पहिलो फिल्म ‘कहाँ भेटिएला’ को स्मरण गरिन् । ‘पहिलो फिल्म करले खेलेको थिएँ रहरले होइन,’ उनले हाँस्दै सुनाइन, ‘मलाई नखेलाउनुहोस फिल्म डुब्छ सम्म भनेकी थिएँ । तर सोही चलचित्र मेरो जीवनको स्पेशल बन्न पुग्यो ।’ उनले पहिलो पटक क्यामरा फेस गर्दा मेकपपछि भूतजस्तो बनाएको भनेर रोएको रमाइलो किस्सा स्मरण गरिन् ।
फिल्म कान्छी पुरुषप्रधान नभएर राम्रो काम गर्नेलाई दिएको उपनाममा आधारित रहेको खड्काले खुलाइन् । आजभन्दा ३० वर्षपहिले बनेको फिल्म ‘कान्छी’ को नाम सापटी लिएर पुन जन्माउन पाउँदा हौसिएको उनले बताइन् ।
उनले फिल्म यात्रा नै ‘क’ जुरोको र फापेको हुँदा ‘कान्छी’ ले दर्शकको माया पाउने बताइन् । ‘फिल्म निर्माणमा कुनै कन्जुस्याई गरेको छैन् । अन्दाजी २ करोड लगानीमा निर्माण भएको छ,’ उनले सुनाइन्, ‘नेपाल प्रदर्शनपछि विदेशमा पनि शो हुने कार्यक्रम रहेको छ ।’
उनले फिल्मलाई विदेशी चस्माले भन्दा नेपालीपनले हेरिदिन आग्रह गरिन् । ‘राम्रो कलाकार बनाइदिनुभएको छ । सफल निर्मात्री पनि बनाइदिनुहोस्,’ उनले भनिन् ।
कलाकार दयाहाङ राईले ‘कान्छी’ रेगुलर फिल्म जस्तै बनेको बताए । उनले फिल्ममा नयाँ प्रयोग भन्दा पनि सिम्पल कथामा आधारित रहेको खुलाए । ‘सामान्य मान्छेको भावना, प्रेम, परिस्थितिमै फिल्मको कथा घुमेको छ,’ उनले भने, ‘मुस्ताङमा सुटिङ गरेपनि चरित्र, पात्र त्यहाँको होइन् ।’
काया फिल्मसको ब्यानरमा बनेको फिल्मलाई आकाश अधिकारीको निर्देशन गरेका छन् । फिल्ममा समावेश राजनराज शिवाकोटीको संगीत रहेको ‘चरी चट्ट परी’ बोलको गीत यूटुबमा एक करोड क्रस गरेको छ ।
अर्जुन पोखे्रले संगीत भरेको ‘यो जीन्दगी दाउमा लाउने’ गीतले दर्शक स्रोताको मन जितेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।