www.tandavnews.com
Fact ~ In search of truth

शिवरात्रीमा ‘सत्याकृत’सँगै झुम्यो लेकसाइड

पोखरा ।

शिवरात्रीको दिन पोखराको हल्लनचोकमा सत्याकृत व्याण्डको प्रस्तुतिमा भजन पारखीहरु मज्जेैले झुमे । ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ अन्तर्गत व्याण्डले शिव भगवानको बारेमा थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । व्याण्डले गाएको गीतमा दर्शकले हुटिङ र नृत्यबाट समर्थन गरेका थिए ।

गतवर्ष पनि हल्लनचोकमा शिव भजन प्रस्तुत गरेको व्याण्डले पोखरामा दोस्रो पटक प्रस्तुति राखेको थियो । साँझ ६ बजेदेखि सुरु गरिएको कार्यक्रम राती ८ बजेसम्म चलेको थियो । कार्यक्रममा उल्लेख्यमात्रामा दर्शकको सहभागीता रहेको थियो । व्याण्डले विभिन्न विधाका भजन प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । गत वर्षको भन्दा यो पटक कार्यक्रम भव्य बनेको व्याण्डका म्यानेजर विजय गौतमले बताए । ‘दर्शकको उल्लेख्य सहभागीताले हौसला मिलेको छ,’ उनले भने, ‘यो पटकको उतसाहले अर्को वर्ष अझ भव्य रुपमा कार्यक्रम गर्ने सोँच बनाएका छांै ।’

Batas

फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा साँगीतिक साँझ भएको थियो । व्याण्डले प्रेरणादायी, सकारात्मक भाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत गरेका थिए ।

व्याण्डको प्रस्तुति हेर्नकोे लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको थियो । ‘युवाहरुमा नैतीक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक व्याण्डको रुपमा ‘सत्याकृत व्याण्ड’ रहेको म्यानेजर गौतमले बताए ।

विगत ५ वर्ष अघि स्थापना भएर नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडी चौर, चरीकोट, पोखरा,दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइसकेको गौतमले बताए ।

Photo : levelnext

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.