www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरमा हस्तान्तरण हुँदै कार्यालयहरु

पोखरा
ताण्डव संवाददाता ।

विभिन्न सरकारी कार्यालय चैत्र २८ गते भित्र स्थानिय तहमा हस्तान्तरण हुने भएको छ । जिल्लामा रहेका केही कार्यालयको सम्पत्ती तथा कर्मचारी बुझाउन परिपत्र आएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ मा उल्लेख गरिए अनुसार जिल्ला प्राविधिक कार्यालय जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला घरेलु तथा साना उद्योग कार्यालय÷विकास समिति, जिल्ला भू–संरक्षण कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला तथ्यांक कार्यालय, जिल्ला पर्यटन कार्यालय, जिल्ला महिला तथा बालबालिका कार्यालय, जिल्लाका सबै विकास समितिहरु, जिल्लाका सबै प्रतिष्ठान र परियोजना कार्यालय चैत्र २८ पछि पूर्ण रुपमै स्थानीय तहबाट संचालन हुने व्यवस्था गरिएको हो । अहिलेसम्म महानगरमा भएको स्वास्थ्यले हस्तान्तरण गरिसकेको छ । जसको प्रमुखमा हेमन्त पौडेल छन् ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.