
पोखरा ।
जागरण कृषि सहकारी संस्था लिमिटेडले शनिवार बृहत सरसफाई कार्यक्रम गरेको छ ।
पोखरा—१७ बिरौटामा रहेको सो संस्थाले सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत सरसफाई गरेको हो । राममन्दिर वरिपरिबाट सुरु भएको सरसफाई कार्यक्रम जागरणमार्ग सम्म चलेको थियो ।

जागरण कृषि सहकारीका अध्यक्ष अर्जुनकुमार लामिछाने संयोजकत्वमा सुरु भएको सरसफाई कार्यक्रममा जागरण आमा समूह, वडा नं. १७ टोल विकास संस्था तथा पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत फोहोर व्यवस्थापन समिती लगायतको विशेष सहयोग थियो ।
‘आफ्नो ठाउँ आफै बनाउँ’ भन्ने उद्घोषका साथ सम्पन्न भएको सो सरसफाई कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको सहकारीका सचिव जयराम पौडेलले जानकारी दिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.