www.tandavnews.com
Fact ~ In search of truth

नेपाल दशनामी युथ गठन

पोखरा
ताण्डव संवाददाता ।

देशभर रहेका दशनामी युवाहरुलाई सामाजिक लगायत विविध कार्यहरुमा सक्रिय गराउने उद्धेश्यले नेपाल दशनामी युथ गठन गरिएको छ ।  शुक्रबार काठमाडौंमा आयोजित सभामा संस्था परिचालनका लागि उद्धव बनको अध्यक्षतामा १७ सदस्यि केन्द्रीय समिति गठन गरिएको छ ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा सीता गिरी, उपाध्यक्षमा लक्ष्मी पुरी, सचिव प्रकाश गिरी, सहसचिव सीता गिरी, कोषध्यक्ष लक्ष्मी गिरी र प्रशासनमा रामचन्द्र गिरी रहेका छन् ।

Batas

लिला गिरी,देबी गिरी सुशिल गिरी, विशाल गिरी, दुर्गा गिरी, शैलेन्द्र गिरी, विरेन्द्र गिरी, सुस्मिता गिरी, मिना गिरी र नविन गिरी कार्यसमिति सदस्यमा छन् ।

नेपाल सरकारका उपसचिव डिलाराम गिरीले संस्थाको उद्घाटन गरेका थिए । उनले सामाजिक कार्यका लागि युवाहरु संगठित हुनु समाज र देशकैलागि सकरात्मक सन्देश रहेको बताए । देश विकासमा युवाहरुको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै देश र समाज रुपान्तरणकालागि सिर्जनात्मक कार्य गर्न सुझाए ।

कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष धुव्र गिरी, सदस्य अशोक गिरी,रुद्र गिरी लगायतले युवा संस्थाको लागि हरेक पाइलामा सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

संस्थाको कार्यालय काठमाडौंको कोटेश्वरमा राखिने छ । समाजिक संजाल फेसबुकमा सिमित रहेको ग्रुपले संस्था दर्ता गरेरै दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको हो । केहि समय अघि नविन गिरीले फेसबुकमा ग्रुपको सुरुवात गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.