www.tandavnews.com
Fact ~ In search of truth

बेपत्ता हरिको स्मृतीमा प्रतिक्षालय स्थापना

पोखरा 

द्धन्दकालको समयमा बेपत्ता भएका पोखरा–लेखनाथ महानगरपालीका – २४ कास्कीकोटका हरिप्रसाद पौडेलको स्मृतीमा गुप्तकाली मन्दिर परिसरमा प्रतिक्षालय स्थापना गरिएको छ ।

कास्की प्रदेश साँसद रामजीप्रसाद वरालले प्रतिक्षालयको उद्घाटन गर्दै बेपता तथा शहिदको लागि प्रदेशबाट गर्नुपर्ने कार्यको कुनै कसर बाँकी नराख्ने बताए । उनले धार्मिक क्षेत्रमा निर्माण गरिएको प्रतिक्षालयले सबैलाई फाइदा हुने बताए ।

Batas

२०५८ साल मंसिर २६ गते वेपता पारिएका पौडेल अवस्था अझै पनि अज्ञात रहेको छ । वडा–२४ अध्यक्ष ओमप्रसाद सुवेदीले सवै मिलेर कास्कीकोट विकासमा लाग्न आग्रह गर्देै हरिको स्मृती प्रतीक्षालयका बाँकी रहेका कामहरु पनि समयमानै गर्नुपर्ने बताए ।

गुप्तकाली धार्मिक क्षेत्र विकास समितीका टिकाराम त्रिपाठी, बेपता योद्धा परिवार समाजका अध्यक्ष अणनाथ वराल , नेपाल राष्ट्रिय व्यवसायी संगठनका प्रतिनिधि जनक पराजुलीले बेपत्ता पौडेलको सम्झना गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.