पोखरा
ताण्डव न्यूज
पोखरेली दर्शकले महिला कुस्ती प्रतियोगिताको मज्जा लिन पाउने भएका छन् ।
नेपाल कुस्ती संघले आगमी बैशाखको २१ र २२ गते पोखरामा राष्ट्रिय स्तरको महिला कुस्ती प्रतियोगिता गर्न लागेको हो । नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको महिला कुस्ती प्रतियोगिता पोखराको रंगशाला कवर्ड हलमा हुनेछ ।

महिला कुस्ती प्रतियोगितामा ७० खेलाडीहरु सहभागी हुनेछन् । नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाका अनुसार प्रतियोगितामा विभागीय टिम र विभिन्न २० जिल्लाका खेलाडीहरु, ३० जना प्रशिक्षक एव अफिसियल र १५ जना निर्णायकहरुको सहभागीता रहनेछ ।
पोखरा रंगशालाको कवर्ड हलमा हुने प्रतियोगितामा विभिनन ८ वजन समूहमा खेलाइने राणाले बताए । उनका अनुसार खेलमा ८ स्वर्ण, ८ रजत र १६ कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्नको लागि १२ लाख खर्च हुने संघका महासचिव विद्यासागर पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा लाग्ने खर्चको व्यवस्थापन राखेप, नेपाल कुस्ती संघ र विभिन्न निकायबाट सहयोग हुने जनाइएको छ ।
कुस्ती खेलको विकास र विस्तार एवं खेलाडी पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा आयोजना गर्न लागेको पोख्रेलले बताए । ‘महिला कुस्ती प्रदर्शनको लागि खेलाइने भएपनि यो प्रतियोगिता नेपालमै पहिलो पटक गर्न लागेका हौं,’ उनले भने, ‘यादव जातिले धानेको कुस्ती खेलको विस्तारमा लागेका हौं ।’
उनका अनुसार नेपालको महिला कुस्तीमा शान्ती चौधरी, सिवाङी दुवे, माया लोहारा, लक्ष्मी खत्री, कविता पुन, ईश्वरी थापा र समित्रा राई आशालाग्दा खेलाडी हुन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.