www.tandavnews.com
Fact ~ In search of truth

१ सय ४९ जनाले गराए मधुमेह परीक्षण

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिका–२८ ओख्लेमा शनिबार आयोजित निशुल्क शिविरमा १ सय ४९ जनाले निशुल्क मधुमेह परीक्षण गराएका छन् । परीक्षण गर्दा करिब १० प्रतिशत (१५ जना) मा मधुमेह देखिएको थियो ।

नेपाल विकास समाजले वल्र्ड डाइबिटिज फाउन्डेसनको सहयोगमा आयोजना गरेको शिविरमा ४५ पुरुष र १ सय ५ जना महिलाले परीक्षण गराएका थिए । मधुमेह रोकथाम र व्यवस्थापन परियोजनाका संयोजक पवित्रबाबु सोतीले ग्रामिण क्षेत्रका बासिन्दामा मधुमेहको अवस्था थाहा पाउन शिविर आयोजना गरेको बताए ।

Batas

यसअघि फाउन्डेसनले यसअघि पनि शिविर आयोजना गरेको थियो । शिविरमा माझठाना लगायतका भेगका बासिन्दा परीक्षण गराउन आएका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.