www.tandavnews.com
Fact ~ In search of truth

संगमले जित्यो दोश्रो गार्डेन कपको उपाधी

पोखरा ।

संगम एफसीले दोश्रो संस्करणको गार्डेन कप सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी जितेको छ । पोखराको मणिपाल शिक्षण अस्पताल खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मेरो नेपाल युथ क्लवमाथि २–१ गोलको नतिजा निकाल्दै संगमले सोे उपाधीमा आफ्नों नाम लेखाएको हो ।

गार्डेन युवा क्लवद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा संगमको तर्फबाट सुनिल गोतामेले खेलको सातौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेलप्रसाद गुरुङ्गले १२ औं मिनेटमा अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए । दोश्रो हाफको २७ औं मिनेटमा संगमले आत्माघाती गोल गरेपछि खेल २–१ गोलमा सकिएको हो ।

जितसंगै संगमले नगद १ लाख २५ हजार सहित शिल्ड मेडल प्रमाणपत्र, द्वितिय भएको मेरो नेपालले नगद ७० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त ग¥यो । त्यसैगरि प्रतियोगितामा संगमका बेलप्रसाद गुरुङ्ग सर्वोत्कृष्ट खेलाडी भए भने मेरो नेपालका विजय गुरुङ्ग उत्कृष्ट गोलकिपर भए । उनीहरुले नगद ५-५ हजार सहित ट्रफि प्राप्त गरे । सेमिफाइनलिष्ट आयोजक गार्डेन र एलजी एशोेसिएसनले नगद १०÷१० हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन, नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव खेमबहादुर गुरुङ्ग, आयोजक क्लवका सल्लाहकार किरण केसी, वडा नम्बर ११ का वडा सचिव सूर्यमोहन पौडेल, नेपाल सेभेन ए साइड फुटवल महासंघ कास्कीका पूर्वाध्यक्ष सञ्जय अधिकारी, एबिसी क्लवका अध्यक्ष राजकुमार गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।

यसअघि समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद विन्दुकुमार थापाले खेलकुदका माध्यमबाट पर्यटन विकास गर्न सकिने बताए । गण्डकी प्रदेश सरकारले पर्यटन र खेलकुदलाई महत्वमा राखेको बताउँदै खेलपर्यटन भित्र्याउन सकिए प्रदेश समृद्धीको बाटोमा अघि बढ्ने उनको भनाई थियो । उनले आयोजक क्लवलाई आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

सोही समारोहमा नेपालमा सेभेन ए साइड फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लवले नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन र फुटबल विकासमा योगदान पु¥याउनुभएका एन्फा कास्कीका पूर्व महासचिव स्वर्गिय बलराम केसीलाई सम्मान गर्यो । स्वर्गिय केसीको सम्मान उनका छोरा किरण केसीले ग्रहण गरेका थिए । आयोजक गार्डेन युवा क्लवका अध्यक्ष विनोद गुरुङ्गले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.