पर्वत
ताण्डव न्यूज ।
पर्वत शंकरपोखरी माझखेतका लेखनाथ सापकोटालाई ‘वी क्यान डू’ (सहयोगी हातहरु)ले राहत वितरण गरेको छ। वी क्यान डू सामाजिक संजालको ग्रुप हो । सामाजिक संजाल मार्फत नै सहयोग जुटाइएको इन्दु शर्माले बताइन् ।
हावाहूरीको बेला आगोको झिल्कोले सापकोटाको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुर्णरुपमा जलेर नष्ट भएको छ।

निम्न आर्थिक अवस्थाका सापकोटालाई अहिलेसम्म कहिंकतैबाट सहयोग आएको थिएन । वी क्यान डू इटका ग्रुप एड्मीन भरत केसी र सुवास पौडेलले रहात संकलन अभियान चलाएका थिए । पीडितलाई शनिबार खाद्य, लत्ता कपडा, शैक्षीक सामाग्री र जस्तापाता सहयोग गरिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.