अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज ।
कास्की प्रहरीको हिरासतमा रहेका ठेकेदार युवराज खतिवडा विरुद्ध अझै जाहेरी दर्ता भएको छैन् । गाली बेइजती तथा डर धम्की दिएको भन्दै पोखरा–५ की वडासदस्य अन्जु केसीले सोमबार जाहेरी दिएपनि कास्की प्रहरी जाहेरी दर्ता गर्न अझै डराएको छ ।
गुण्डाविरुद्ध उजुरी दिँदा पनि कास्की प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सदस्य केसीले गुनासो गरिन् । ‘एक त कास्की प्रहरीले जाहेरी दर्तानै गरेको छैन, त्यसैमाथी हिरासत भित्र नराखेर ज्वाई पाले जसरी राखेका छन्,’ उनले भनिन्, ‘यो घटनामा कास्की प्रहरी र गुण्डा बिच साझेदारी भएको जस्तो देखिन्छ ।’

अन्य आरोपीलाई जस्तै खतिवडालाई पनि हिरासत भित्र नै राख्नु पर्ने केसीले बताईन् । ‘नियन्त्रणमा मात्र लिएर हुन्छ र ?, मज्जाले कार्यालय भित्र घाम तापेर बसेको छ,’ उनले भनिन्, ‘न्याय पाउँला भनेर जाहेरी दिएको कास्की प्रहरीले झन् अन्याय गरेको महशुस भएको छ । खतिवडाले सुकिलो कोट लगाएको देखेर होला तर वास्तवमा कोट भित्र गुण्डा लुकेको छ ।’
खतिवडा कास्की प्रहरीकै नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओमबहादुर रानाले बताए । ‘जाहेरी दर्ता गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘खतिवडा मुटुको रोगी भएको हुनाले अस्पताल लगिएको हुनाले बाहिर बसे जस्तो देखिएको हो ।’
स्रोतका अनुसार कास्की प्रहरी यतीबेला दोधारमा छ । ‘एक तर्फ केही नेताहरुले मुद्दा नचलाउनु सकेसम्म छलफलमै मिलाउनु भनेर दवाव दिएका छन् भने अर्को तर्फ गल्ती गर्ने गुण्डालाई मुद्दा चलाएर कारवाही गर्नु पर्छ भन्ने छन् ,’ स्रोतले भन्यो, ‘केसीले दिएको जाहेरी अनुसार आरोप प्रमाणित हुन्छ, उनीसँग भिडियो समेत छ, त्यति भएपछि खतिवडाविरुद्ध जाहेरी दर्ता गरेर कास्की प्रहरी प्रक्रिया अघि बढाउनु पर्ने हो ।’
सम्बन्धीत न्यूज
युवराजलाई छुटाउन कास्कीका नेतादेखि धादिङका सांसदसम्मको दवाव
प्रहरी नियन्त्रणमा खतिवडा
खतिवडाको कर्तुत : गुण्डागर्दी गर्दै पैसा असुली, पत्रकारसँग झुट बोले (भिडियोसहित)
गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर
गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’
गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?
गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर
सस्तो बजारलाई महँगो कारवाही होला त ?
स्थानीय तहको एक वर्ष, मेयरबाट मारिएको आश
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.