पोखरा
ताण्डव न्यूज ।
कास्की प्रहरीको हिरासतमा रहेका युवराज खतिवडालाई छुटाउन चलखेल सुरु भएको छ ।
गाली बेइजती तथा डर धम्की गरेको भन्दै उजुरी परेपछि युवराज खतिवडालाई कास्की प्रहरीले सोमबार हिरासतमा लिएको हो । खतिवडालाई छुटाउन कास्कीका केही नेता मात्र नभएर धादिङबाट समेत फोन आएको एक स्रोतले बतायो ।

‘खतिवडा विरुद्ध उजुरी दिएकी पोखरा–५ की वडा सदस्य अन्जु केसीलाई धादिङका एक सांसदले समेत फोन गरेर जाहेरी फिर्ता लिन लगाएका छन्,’ स्रोतले भन्यो, ‘खतिवडालाई जोगाउन कास्कीका केही माओवादी नेता तथा कांग्रेसका स्थानीय नेता समेत लागि परेका छन् ।’
खतिवडाविरुद्ध सदस्य केसीले आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् भने सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी समेत दिएकी हुन् ।
सोही जाहेरीको आधारमा कास्की प्रहरीले खतिवडालाई हिरासतमा लिएको हो ।
यो पनि पढ्नुहोस्
प्रहरी नियन्त्रणमा खतिवडा
खतिवडाको कर्तुत : गुण्डागर्दी गर्दै पैसा असुली, पत्रकारसँग झुट बोले (भिडियोसहित)
गुण्डासामु झुक्दै, कारवाहीमा चुक्दै : पोखरा महानगर
गुण्डा नाइकेको आडमा अनुमतिबिना तला थप्दै ‘पोखरा सस्तो बजार’
गुण्डा नाइकेको कम्पनीलाई कहिले हुन्छ कारवाही ?
गुण्डा नाइकेको अगाडि लाचार पोखरा महानगर
सस्तो बजारलाई महँगो कारवाही होला त ?
स्थानीय तहको एक वर्ष, मेयरबाट मारिएको आश
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.