www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने : प्रधानमन्त्री अाेली

काठमाडौँ, (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।

राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पत्रकारसँगको कुराकानीमा उहाँले सम्बन्धित दलहरुसँग छलफल चलिरहेको र चाँडै सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न चरणका निर्वाचन सम्पन्न भए पनि संक्रमणकालका केही विकृत प्रवृत्ति कायम रहेकाले सुशासन र समृद्धिको दिशामा अघि बढ्न केही चुनौती भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत बनाउन आफूहरु प्रयत्नशील रहने बताउनुभयो ।

संविधान र कानून बमोजिम संवैधानिक अंगहरुलाई निष्पक्ष र विवादरहित बनाउनुपर्ने भएकाले कतिपय अवस्थामा विभाजित बनाउने प्रवृत्ति पनि निरुत्साहित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.