www.tandavnews.com
Fact ~ In search of truth

तरुण दलले सातै प्रदेशमा भेला गर्ने

काठमाडौँ(रासस)

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

Batas

दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

प्रशिक्षण प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा हुने महासचिव शाहीले बताउनुभयो ।

प्रशिक्षणमा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने तरुण दलले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.