www.tandavnews.com
Fact ~ In search of truth

बेगनास ड्याममा विश्राम बेन्च

पोखरा

बेगनास युवा क्लव र प्रस्तावित ड्याम साइड युवा क्लव पोखरा लेखनाथ ३१ ले बेगनासतालको ड्याममा विश्रामका लागि बेन्चहरु निर्माण गरेको छ ।

बेन्च व्यवस्थापन उद्घाटन कार्यक्रममा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा नंं ३१ का वडाध्यक्ष कमल वहादुर थापाले बेगनासताल क्षेत्रमा सरसफाई लगायतका कार्यहरु संचालन गरेर युवाहरुले उदाहरणिय कार्य गरेको बताए ।

Batas

कार्यक्रममा बेगनास युवा क्लवका अध्यक्ष एवं कार्यक्रमका संयोजक राम वहादुर रानाभाटले युवाहरुले संचालन गर्ने अभियानमा राज्यको सहयोग हुनु पर्नेमा जोड दिए ।

प्रस्तावित ड्याम साइड युवा क्लवको अध्यक्ष कविर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका पूर्व अध्यक्ष दुर्गा प्रसाद अधिकारी स्थानीय युवा सुर्वण आचार्य लगायतले बोलेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटकलाई विश्रामका लागि लक्षित गरी छाना सहितका फलामका बेन्चहरु निर्माण गरिएको संयोजक रानाभाटले जानकारी दिए

बेन्च निर्माणका लागि झण्डै दुई लाख रुपैया खर्च भएको र स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको रानाभाटले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.