www.tandavnews.com
Fact ~ In search of truth

सुकुम्बासीकाे समस्या समाधानमा जोड

पोखरा,

प्रदेश नम्बर ४ का भुमी तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापाले सुकुम्बासी क्षेत्रभित्र पर्ने समस्या नीतिगत रुपले समाधान गर्दै जाने बताएका छन् । उनले नियम कानुन बनाउने क्रममा रहेकोले सुकुम्वासीको समस्यालाई पनि प्राथमिकतामा राख्ने बताए ।

प्रेस क्लब पोखराले मंगलबार आयोजना गरेको सुकुम्बासी समस्या चुनौती र तिनका समाधान विषयक अन्तर्कृया कार्यक्रममा मन्त्री थापाले यस प्रदेश मा ५० हजार बढी सुकुम्बासी रहेकोमा समस्याहरु टिपोट गरि मन्त्रालयमा पेस गर्न समेत आग्रह गरे ।

Batas

प्रदेश सभा साँसद विकास लम्सालले सुकुम्बासी भित्र बिचौलिया बढ्दै गएकोले सुकुम्बासीको तथ्यांकमा समस्या भएको बताए ।

जिल्ला बसोबास समिती अध्यक्ष ऋषि काफ्ले, सुकुम्बासी समितीका जिल्ला अध्यक्ष रेखबहादुर गुरुङ, सुकुम्बासी समिती पूर्व अध्यक्ष भिमबहादुर गुरुङ र सुकुम्बासी हर्कबहादुर बिकले सुकुम्बासी समस्या समाधानमा जोड दिन सरोकारवाला निकायलाइ आग्रह गरे ।

प्रेस क्लब पोखराका अध्यक्ष श्रीकृष्ण पौडेलको अध्यक्षता मा कार्यक्रम भएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.