www.tandavnews.com
Fact ~ In search of truth

बैशाखको पहिलो साता धम्पुसमा लालीगुराँस महोत्सव

पोखरा
ताण्डव न्यूज ।

‘धम्पुस लालीगुराँस महोत्सव हाम्रो पहिचान आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नारासहित ८ वर्षपछि धम्पुसमा महोत्सवको आयोजना गरिएको छ । लालीगुराँस युवा क्लबले नयाँ वर्षको अवसरमा आगमी बैशाख ४ गतेदेखि ८ गतेसम्म ‘गन्तव्य धम्पुस लालीगुराँस महोत्सव’ गर्न लागेको हो । महोत्सव माछापुच्छ्रे गाउँपालिका–७ पृथ्वीनारायण मावि धम्पुसको प्राङगणमा हुनेछ ।

देशको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसायलाई प्रवद्र्धन गरी प्रदेश ४ तथा यस क्षेत्रलाई बाह्य तथा आन्तरिक पर्यटनहरुको आगमनमा बृद्धि गराई आर्थिक विकासमा टेवा पुग्ने महोत्सवको लक्ष्य लिएको बिहीबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष आसिम गुरुङले जानकारी दिए ।

Batas

पाँचदिने सम्म चल्ने महोत्सवमा पुरुष तथा महिला भलिवल, खुल्ला लोकदोहोरी गीत, वडा स्तरीय झाँकी, छेलो, रस्साकस्सी खेलकुद प्रतियोगिता, कृषि तथा हस्तकला प्रदर्शन, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति, लाइभ कन्सर्ट आकर्षण रहने गुरुङले बताए ।

महोत्सव सम्पन्न गर्नको लागि २५ लाख अनुमानित लागत लाग्ने जनाइएको छ । महोत्सव हेर्नको लागि एक लाख दर्शक आउने अपेक्षा गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.