www.tandavnews.com
Fact ~ In search of truth

टयांकर चालकद्वारा किशोरीमाथि बलात्कार

आठराई, तेह्रथुम(रासस)

तेह्रथुमको आठराई गाउँपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ट्यांकर चालक पक्राउ परेका छन् ।

सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे ।

Batas

आठराईमा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा केजी निर्माण सेवाले प्रयोग गरेको बा१क ६६७७ नम्बरको ट्यांकर चालक खड्काले पसलबाट घर फर्किदै गरेकी किशोरीलाई ट्यांकरमा घर पु¥याइदिने आश्वसन दिएर मंगलबार साँझ बलात्कार गरेको भन्दै पीडितका परिवारले संक्रान्तिबजार इलाका प्रहरी कार्यालयमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले बताउनुभयो ।

ट्यांकर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि तेह्रथुम जिल्ला अस्पताल पठाइएको जनाइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.