www.tandavnews.com
Fact ~ In search of truth

नेपाल सितोरियो कराँते संघ गण्डकीमा धन लामा, कोषाध्यक्षमा रामचन्द्र गिरी

पोखरा ।

नेपाल सितोरियो कराँते संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनले धन लामाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार तनहुँको दमौली बजारमा भएको प्रथम अधिवेशनले लामाको नेतृत्वमा २० सदस्यी नयाँ कार्यसमिति सर्वसहमतिले चयन भएका हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कर्णबहादुर गुरुङ, द्धितिय उपाध्यक्षमा छविलाल गाहा, तृतिय उपाध्यक्षमा वुद्धि लामा, सचिवमा कृष्णप्रसाद कँडेल, कोषाध्यक्षमा रामचन्द्र गिरी चयन गरेका छ । अधिवेशनले सदस्यमा निर्मलबहादुर थापा, मनोज गुरुङ, नवीना थापा, सुरेन्द्रबहादुर गौतम, प्रेम श्रेष्ठ, श्रीप्रसाद पुलामी, देविराम गुरुङ पाएल श्रेष्ठ, प्रेमबहादुर जिसी, राजकुमार कुमाल, विजय आले, शुलम श्रेष्ठ मिन लामा र ओम थापा चयन भएका हुन् । शनिबार नै बसेको बैठकले नयाँ कार्यसमिति चयनसँगै सल्लाहकार पनि चयन गरेको छ । संघको सल्लाहकार समितिमा सुरेन्द्रकुमार गुरुङ, विष्णुलाल श्रेष्ठ, मनिराज थापा, ग्याम्जो लामा र शुशिला विक छनोट भएका हुन् ।

Batas

यस्तै, बैठकले संघको केन्द्रीय महाधवेशन प्रतिनिधि पनि चयन गरेको छ । संघको छिट्टै हुने केन्द्रीय अधिवेशनका लागि शनिबार बसेको बैठकले प्रतिनिधि पनि चयन गरेको हो । केन्द्रीय प्रतिनिधिमा धन लामा, निरज गौतम, राम श्रेष्ठ, चित्रबहादुर पुन, रामदेवी गर्बुजा पुन र किशोरराज खनाल छनोेट भएका हुन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.