www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : लागूऔषधसहित दुई जना पक्राउ

पोखरा
तान्डव न्यूज ।

लागूऔषध बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्युरो पोखराले लागूऔषध सहित शनिबार पोखरा लेखनाथ–७ छोरेपाटनबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ घर भई हल्लनचोक बस्दै आएका अमन नेपाली र पैयुँडाडा बस्ने किशोर खत्री छन् ।

Batas

लागूऔषध नियन्त्रण व्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले नुर्फिम ७० थान, डाईजापाम ७० थान फेनरागगन ७० थान गरी जम्मा २१० थान लागूऔषधी बरामद गरेको छ ।

उनीहरुको साथबाट सामसुङ एक थान र नोकिया मोबाइकल एक थान समेत बरामद गरेको लागूऔषध नियन्त्रण व्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले बताए । गोप्य सूचनाको आधारमा उक्त स्थानमा खटिइ चेकजाँज गर्ने क्रममा पक्राउ गरिएको उनले बताए ।

उनीहरुको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.