www.tandavnews.com
Fact ~ In search of truth

सनराइज बैंकको स्वास्थ्य तथा दुर्घटना बीमा सार्वजनिक

पोखरा
ताण्डव न्यूज ।

सनराइज बैंक लिमिटेडले बचतकर्ताहरुको लागि स्वास्थ्य तथा दुर्घटना बीमा योजना कार्यक्रम सार्वजनिक गरेको छ । हरेक बचतखाताको बचतकर्तालाई डबल सुरक्षा हुने गरी योजना ल्याइएको बैंकका पोखरा शाखाका प्रबन्धक नितेश रेग्मीले बताए ।

बैंकले सार्वजनिक गरेको स्वास्थ्य बीमा सुविधा अन्तर्गत खातामा भएको ३६५ दिनको भारीत औषत निक्षेपको २५ प्रतिशत वा बिल रकम मध्येको जुन रकम न्यून हुनेछ सो रकम एक लाखले नबढ्ने गरी दाबी गर्न सकिने व्यवस्था छ ।

Batas

बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउने शाखाकी मार्केटिङ अफिसर श्रीला श्रेष्ठले जानकारी दिइन ।

‘तपाईको बचत तपाईकै सुरक्षामा’ नारा सहित बैंकले ल्याएको बीमा कार्यक्रम प्रभावकारी हुने बताउँदै बैंकका उज्जवल घिमिरेले बचतकर्ताहरु यस योजनाबाट लाभान्वित हुने जनाए ।

स्वास्थ्य उपचार बीमा सुविधा प्राप्त गर्न बैंकले सर्तहरु समेत अघि सारेको छ ।

madi
machhapuchre

बचतखातका बचतकर्ताहरु यस सुविधाको योग्य हुने, बचतकर्ता स्वयंमले मात्रै यो सुविधा प्राप्त गर्ने, बचतकर्ताको परिवारजनलाई भने यो सुविधा नपाउने, प्रत्येक बचतकर्ताले वर्षको एक पटक स्वास्थ्य उपचार बीमा दाबी गर्न पाउने,बचतकर्ताले खाता खोलेको पहिलो दिनबाटै यो सुविधाको उपोग गर्न पाउने बैंकले जनाएको छ ।

बीमा दाबी गर्नका लागि बैंकले रोग वा उपचार र प्रकृतिको बारेमा पनि सर्तहरु लागू गरेको छ ।

दुर्घटना बीमा सम्बन्धमा बचतकर्ताको मृत्यु वा स्थायी प्रकृतिको अशक्त भएमा पाँच लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको चार गुणा क्षतिपूर्ती उपलब्ध गराइने बैंकले जनाएको छ ।

बचतकर्ताले स्वास्थ्य बीमा दाबि गर्नका लागि बैंकले सम्बन्धन लिएका देशभरीका २७ वटा अस्पतालबाट मात्रै सुविधा लिनुपर्ने जनाइएको छ ।
स्वास्थ्य बीमाको लागि बैंकले शिखर इन्स्योरेन्ससँग सहकार्य गरी योजना सार्वजनिक गरेको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.