www.tandavnews.com
Fact ~ In search of truth

साँगीतिक प्रस्तुतिसहित विद्यार्थीको विदाई

पोखरा ।

कास्की मोडनाइज्ड एकेडेमीमा कक्षा १२ विज्ञान र व्यवस्थापन संकायका अध्यायनरत विद्यार्थीहरूलाई एक भव्य कार्यक्रम गरी बिदाई गरियो ।

विद्यालयको आफ्नै अडिटोरियम हलमा सञ्चालित उक्त कार्यक्रम कक्षा ११ का विज्ञान तथा व्यवस्थापनका विद्यार्थी एवं विद्यालय प्रशासनद्वारा संयुक्त रुपमा गरिएको थियो ।

Batas

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधा नेपाली र विद्यालयका संस्थापक÷ प्राचार्य रामबहादुर मोचीले कक्षा १२ का विद्यार्थीहरूलाई शुभकामना एवंं मायाको चिनो प्रदान गरेका थिए भने कक्षा १२ का विद्यार्थीहरूले विद्यालय र कक्षा ११ का भाई बहिनीलाई आफ्नो तर्फबाट सम्झनाको चिनो प्रदान गर्दा वातावरण ज्यादै भावुक बनेको थियो ।

विद्यालयका इन्चार्ज एवं प्लस टु कोडिनेटर शिवलाल उपाध्यायले सबैलाई अनुसासित ढङ्गले आफ्नो विद्यार्थीकाल पुरा गरेकोमा धन्यवाद दिँदै भविष्यमा आफ्ना विद्यार्थीहरू राष्ट्रका महत्वपूर्ण स्थानमा पुगेको सुन्ने र देख्ने अभिलास सहित शुभकामना व्यक्त गरे ।

विद्यालयका संस्थापक, प्राचार्य रामबहादुर मोचीले देशमा बसेर विदेशको सपना देख्नेहरू पलायनवादी हुने बताए ।

कक्षा ११ का विद्यार्थी इसा गुरुङ र आयषा घले द्वारा सन्चालित उक्त कार्यक्रमको सभाध्यक्ष विद्यार्थी कदम चालिसे गरिएको थियो कार्यक्रममा विविध सांस्कृतिक तथा संगीतिक प्रस्तुति देखाइएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.