काठमाडौँ(रासस)
भारतको एपोलो अस्पतालमा उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर आज राति काठमाडौँ ल्याइने भएको छ ।
खड्काको पार्थिव शरीर राति १०ः३० बजे नयाँदिल्लीबाट काठमाडौँ आइपुग्ने नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार खड्काको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आइतबार बिहान ९ः०० देखि १३ः०० बजेसम्म सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ भने त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।
मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित ६७ वर्षीय खड्काको शुक्रबार साँझ निधन भएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.