www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा ।

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयहरूलाई समेटेर आयोजना गरिएको ‘क्यानभाषमा बाल मनोबिज्ञान’ गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगीता २०७७ सम्पन्न भएको छ ।

दुई चरणमा सम्पन्न गरिएको प्रतियोगिताको प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनौट गरिएको थियो । दोस्रो चरणमा प्रथम चरणबाट छनौटमा परेका उत्कष्ृट १२ प्रतियोगीले कार्यक्रम स्थलमा नै चित्र बनाएका थिए । उनीहरूले चित्र कोरिरहंदा नै निर्णायकहरूले मूल्याङ्कन गरि प्रथम, द्वितीय, तृतीय र सान्त्वना छनौट गरिएको थियो ।

Batas

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुमा क्रमशः कुमुदिनि होम्स मा।वि।का युकेस सुनार, हिल प्वाईन्ट मा।वि।का सपना नेपाली, कास्की मोर्डनाईज्ड एकेडेमीका जेसिका तिलिजा पून र गण्डकी बोर्डिङ् स्कुलका स्वरुप माकाजु रहेका छन् । उनीहरुले क्रमशः ९,०००, ६,०००, ३,००० र १,००० नगद पुरस्कार सहित मायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् । अन्य सम्पूर्ण सहभागीहरुले मायाँको चिनो र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा बिम्बकवि रमेश श्रेष्ठले, अहिले बिद्यालयहरुले कला क्षेत्रलाई यसरी प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु निकै प्रसंसनिय काम भएको बताए । त्यस्तै उनले कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जिवनको ज्ञान कलाले दिनसक्ने बताए ।

निर्णयक संयोजनमा रहेका बरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जिवन भोगाईमा निकै असरदार काम गर्ने कुरा बताए । निर्णाएकको भूमीकामा बरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ रहेका थिए ।

लायन्स क्लबका अध्यक्ष सुनिल कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सन्चालन ‘प्राञ्जल’ले गरेका थिए । कार्यक्रम बिकास पौडेलको संयोजनमा सम्पन्न भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.