www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुड कार्निभलको तयारी पूरा

पोखरा
ताण्डव न्यूज ।

नयाँ वर्ष २०७५ को स्वागतमा आई ब्लुज म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको ‘पोखरा फुड कार्निभल’ कार्यक्रमको तयारी पूरा भएको छ ।

नयाँबजार प्रर्दशनी केन्द्र स्थित चैत्र ३० गते आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको आई ब्लुज म्यानेजमेन्ट प्रालिले मंगलबार पोखरामा आयोजना गरेका पत्रकार सम्मेलनमा प्रालिकी अध्यक्ष सजना थापाले जानकारी दिइन ।

Batas

नेपालीहरुमा पनि नयाँ वर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यले पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘पोखरा फुड कार्निभल’ कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

 

कार्यक्रमलाई सफल बनाउनका लागि अफिसियल वियर पार्टनर टुवोर्ग वियर, लिक्वियर पार्टनर रुसलान भोड्का, सफ्ट ड्रिङ्क्स पार्टनरमा बाचुस इनर्जी ड्रिङ्क्स, कोकाकोला रहेका छन् । त्यसैगरी स्पोन्र्सड वाई निउट्रिसिल, अफिसियल कस्टम पार्टनरमा बुलाकी (हाईलाइट इट), अनलाई मिडिया पार्टनरको रुपमा ताण्डव न्यूज, एसटु प्रोडक्सन र वीज वक्र्सले सहयोग गरेका छन् ।

कार्यक्रममा लाइभ व्याण्डको प्रस्तुतिका साथै, वि बोइङ डान्सको प्रस्तुति रहने भएको छ । साथै सांस्कृतिक विविधता झल्कने पोशाक सहितका व्यक्तिहरुलाई स्वयं आयोजकको तर्फबाट सय जनालाई उपस्थित गराउने आयोजक आई ब्लुजले जनाएको छ ।

दिउँसो र साँझ गरी दुई चरणमा सम्पन्न हुने कार्यक्रममा दिउँसोको चरणको कार्यक्रममा पनि लाइभ डिजे, वि बोइङ डान्स, पार्टी र कार्यक्रममा निर्धारण गरिएका सबै किसिमका प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा विविध संस्कृति झल्काउने पोशाक, इच्छाअनुसारको फेस माक्स मेकिङ, विभिन्न पेसा व्यवसायसँग सम्बन्धित डे«स कोड पोशाकमा उपस्थित हुन पाइने भएको छ । उत्कृष्ट पोशाक लगाउनेलाई आयोजकको तर्फबाट पुरस्कृत गरिने जानकारी दिइयो । पुरस्कार स्वरुप सिंगापुर, थाइल्याण्ड, दुबई, इन्डोनेसिया (बाली) घुम्नको लागि पठाइने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागि मध्येबाट उत्कृष्ट दारी प्रर्दशन गर्नेलाई (वेष्ट वियर्ड) घोषणा गरी आइफोन एट प्लस वा सामसुङ एट एज मोबाइल फोन उपहार प्रदान गर्ने भएको छ ।

वेष्ट हेयर स्टाइलिस ५÷५ जना महिला तथा पुरुषलाई मिडटाउन ग्यालेरिया स्थित हङकङ यूनिक सलुनमा सौख अनुसारको (मेनीक्यूर, पेडीक्यूर, हेयर कलरिङ, ड्रेडलक, फेसियल, स्ट्रेट, कर्ली, हेयर कट र मसाज मध्ये एक सेवा) उपलब्ध

गराइने भएको छ । वेष्ट डे«स महिलाहरुमध्येबाट उत्कृट १० जनालाई मिडटाउन स्थित क्लाउड नाइनमा दश हजार बराबरको सपिङ भौचर उपलब्ध गराइने आयोजकले जनाएको छ ।

कार्यक्रमलाई पूर्णरुपमा मनोरञ्जनात्मक बनाउनका लागि राष्ट्रियस्तरका डिजे कलाकार साकार, रुपेश, प्रज्वल, विकास, जीवन, र लेडी डिजे नेप्जले सांगीतिक माहोललाई तताउँने भएका छन् ।

दुई चरणमा सम्पन्न हुने कार्यक्रमका लागि टिकटको व्यवस्था गरिएको छ । पहिलो चरणमा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म जसको लागि एक हजार रुपैयाँ टिकटमा प्रवेश पासको व्यवस्था छ ।

दोस्रो चरणको साँझ ७ बजे देखि संचालन हुने कार्यक्रमका लागि दुई हजार रुपैयाँ टिकटमा वेलकम ड्रिङ्स र प्रवेश पासको व्यवस्था गरिएको छ । १२ हजार रुपैयाँ टिकटमा दुई जनाका लागि जिल्ला बाहिरबाट पाल्नुहुने पाहुनालाई एकतर्फी यातायात सुविधा, वेलकम ड्रिङ्स, प्रवेश पास, उच्च स्तरीय होटलमा एसी सुविधा सहितको कोठामा बस्नका लागि प्रबन्ध छ । साथै, बिहान बे्रकफाष्ट सहित फेवातालमा बोटिङको सुविधा समेत उपलब्ध गराइने आयोजकले जानकारी दिएको छ ।

पाहुनाको सुरक्षालाई मध्यनजर गर्दै प्रहरी प्रशासन सहित आन्तरिक रुपमा पोखरा बुल्सबाट ५० जनाभन्दा बढीको बाउन्सरको उपस्थितीमा पूर्णरुपमा सुरक्षाको प्रबन्ध गरिएको छ । सीसी क्यामेराबाट समेत निगरानी गरिने जानकारी दिइयो ।

कार्यक्रम अवधिभर नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता झल्कने किसिमका तस्बिरहरु प्रर्दशन गराइने भएको छ ।

कार्यक्रमबाट संकलित रकम मध्ये प्रतिफलको १५% प्रतिशत राष्ट्रिय आविस्कार केन्द्र (महाविर पुन) लाई सहयोग गरिने म्यानेजमेन्टका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.