www.tandavnews.com
Fact ~ In search of truth

को हिट, को फ्लप ?

पोखरा
ताण्डव न्यूज ।

यो वर्ष सयको हाराहारीमा नेपाली फिल्म चले । प्रदर्शनमा आएर व्यापार राम्रो गरे पनि समीक्षामा केही फिल्म कमजोर ठहरिए ।

त्यसैले पनि वर्ष २०७४ फिल्म उद्योगको लागि त्यति सन्तोषजनक भने देखिएन् । कमै फिल्मले लगानी उठाए भने धेरै फिल्महरु डुबे । यो वर्ष सर्वाधिक हिट फिल्म ‘छक्का पन्जा २’ रह्यो । फिल्मको समीक्षा राम्रो नभएपनि दर्शकलाई मज्जैले हलसम्म तान्यो र कमाई पनि राम्रो ग¥यो ।

Batas

जसमा हास्यकलाकारको उपस्थिति बाक्लो थियो । त्यस्तै ‘म यस्तो गीत गाउँछु, प्रेम गीत– २, ए मेरो हजुर–२, २ रुपैयाँ, ऐश्वर्य, कृ, कान्छी, शत्रु गते’ फिल्म यो वर्ष सफल रहे ।

प्रदर्शनमा आएका सयौ फिल्ममा एकादुई फिल्म सफल रहँदा लिड भूमिकामा देखिने नायक पनि को सफल को फ्लपको चर्चा हुने गर्छ । वर्षमा चलेका फिल्म सरसर्ती हेर्दा नयाँ कलाकार र युवा कलाकारको नै हावी देखियो ।

सफल र असफल फिल्मको सूचिमा विशेष गरी चर्चित नायकनै परे । जसले गर्दा पनि वर्ष २०७४ मा नम्बर वान नायक को हो भनेर फ्याट्ट भन्न नसकिने अवस्था छ ।

तैपनि यो वर्ष कुन नायकले खेलेको फिल्मको व्यापार कस्तो भयो त भन्ने बारेको चित्रण गर्न खोजिएको छ :

पल शाह

यो वर्ष पहिलो सफल रहेको फिल्म थियो, ‘म यस्तो गीत गाउँछु,’ जसमा नायक थिए, पल शाह । तर यो फिल्म सफल रहनको लागि पलको मात्र योगदान भने छैन् ।

निर्देशक, नायिकासँगै फिल्मको गीतसंगीत धेरै हावी भएका थिए । यसपछि उनको भदौंमा ‘जोनि जेन्टलम्यान’ रिजिल भयो । तर यो फिल्म उनको फ्लप फिल्म लिस्टमा रह्यो । पल अभिनित अर्को फिल्म ‘शत्रु गते’ चैतमा रिलिज भयो । जुन फिल्मले आक्रमक व्यापार गरेको छ ।

दोस्रो हिट फिल्म ‘शत्रु गते’ भएपनि फिल्म चल्नुमा उनको योगदान कम छ । यो फिल्ममा अन्य मल्टिस्टार कलाकार छन् यसअर्थमा पल बाहेक अन्य जोकोही हिरो भएको पनि चल्ने थियो नै ।

प्रदीप खड्का

उनी अभिनित फिल्म ‘प्रेम गीत २’ रिलिज भयो र व्यापारिक रुपमा पनि सफल भयो ।

यही फिल्मले गर्दा उनको डिमान्ड पनि सर्वाधिक हुन पुग्यो । फिल्मका निर्माता सन्तोष शेनले गरेको प्रचारले गर्दा पनि फिल्म हिट हुन पुग्यो । यही फिल्मले गर्दा उनले पारिश्रमिक बढाए ।

२२ लाख पारिश्रमिक लिएर लिलिबिलीमा काम गरे । लिलिबिली अब चैतको ३० गतेबाट रिलिज हुँदैछ ।

सलिनमान बनियाँ

उनीद्धारा अभिनित फिल्म ‘ए मेरो हजुर २’ रिलिज भयो । जुन व्यापारिक रुपमा राम्रो रह्यो ।

उनको लुक्स र स्टाइललाई दर्शकले निकै रुचाए । उनी सिनेमा क्षेत्रमा उदाउदो स्टारको रुपमा रहे । उनको एउटा फिल्म रिजिल भयो तर व्यापारमा पनि राम्रो रह्यो ।

उनले यसपछि फिल्म भने गरेका छैनन् ।

अनमोल केसी

उनी अभिनित बहुप्रतिक्षित फिल्म ‘कृ’ माघको अन्तिम साता रिलिज भयो । उनलाई हेर्नको लागि भएपनि दर्शक हलमा गए ।

उनको क्रेज राम्रै देखियो । दुई वर्षपछि हलमा आएका अनमोलको क्रेज र दबदबा सिनेमा क्षेत्रमा स्पस्टसँग देखियो । उनी अभिनित पाँचौ चलचित्र पनि हिट भएको ठहरियो । प्रदर्शन अगाडिनै फिल्मको हाइप बनेको थियो ।

पारिश्रमको हिसावमा पनि अनमोल महंगिए ।

दयाहाङ राई

उनका यो वर्ष थुप्रै फिल्म रिलिज भए । वर्षको सुरुआतमै उनी अभिनित फिल्म ‘घामपानी’ रिलिज भएको थियो ।

उनी पछिल्लो समय स्टारडम गुमाउँदै गएका नायक हुन जसले यो वर्ष अभिनय गरेको फिल्म ‘कान्छी’ बाहेक सबै असफल रहे । उनको चर्चा भएपनि फिल्म व्यापारको हिसावमा कमजोर ठहरिए ।

सौगात मल्ल

कागबेनीदेखि लालपुर्जासम्मको फिल्मलाई हेर्ने हो भने सौगातले आफूलाई भर्सटाइल कलाकार भनेर पृष्टि गरेका छन् ।

तर, यो वर्ष उनको स्टाडम भने निकै कमजोर देखियो । उनले धेरै फिल्म खेल्ने मेसोमा दर्शकलाई निरास बनाए । उनका यो वर्ष थुप्रै फिल्म रिजिल भएपनि दुभाग्य कुनै फिल्मले गतिलो व्यापार गर्न सकेन् ।

पुष्प खड्का

उनी अभिनित एउटा फिल्म ‘मंगलम’ रिजिल भयो ।

म्युजिक भिडियो हुँदै ‘दर्पणछाया–२’ बाट नायकको रुपमा डेब्यू गरेका खड्का ‘मंगलम’ बाट वाहवाही नै बने । फिल्मले पनि दर्शकको साथ र प्रशंसा पायो । उनी पनि यो वर्ष राम्रो कलाकारको लिस्टमा परे ।

यो वर्ष नायक रमेश उप्रेती होम प्रोडक्सनबाट निर्माणमा आए । ‘ऐश्वर्य’ नामक फिल्मले उनलाई पुरानै क्रेजमा फर्काउन मद्दत पु¥यायो । लामो अमेरिका बसाई पछि नेपाल फर्किएसँगै उनले ‘ब्रासलेट’ फिल्ममा कमब्याक गरेका थिए ।

तर, सो फिल्मले उनको कमव्याक नै धरापमा पारेको थियो । त्यस्तै अर्का नायक निखिल उप्रेतीका फिल्म पनि यो वर्ष ‘रुद्र र पिजडा ब्याकअगेन’ रिलिज भयो ।

तर यी दुई फिल्मले निखिलको स्टाडमलाई धरापमा पा¥यो । कुनै बेला अनुहार देखाएरै फिल्म हिट भएका कलाकार यो वर्ष क्रेज जोगाउनै मुस्किल देखियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.