पोखरा ।
पोखरा लेडि जेसिजले सप्ताहान्तको दोस्रो दिन शनिबार युवा लक्षीत कार्यक्रम गरेको छ । पोखरा १५का ६० युवाहरुलाई युथ मोटिभेसन लाइफ चेन्जीङ सेमिनारको आयोजना गरेको हो ।
मोटिभेसनल ट्रेनर उपेन्द्र अधिकारीले सहभागी युवाहरुलाई सकरात्मक उर्जा र उत्प्रेरणाबारे ट्रेनिङ दिएका थिए ।

पोखरा १५का वडाध्यक्ष प्रकाश पौडेल प्रमुख अतिथि रहेको कार्यक्रममा स्वागत संयोजक लक्ष्मी पाण्डे, धन्यवाद मुना कोइराला र सञ्चालन सपना गिरीले गरेकी थिइन् ।
पोखरा लेडी जेसीजकी अध्यक्ष सन्तु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सप्ताहन्तका मुल संयोजक कमला शर्मा, तल्लो नयाँ गाउँ टोल विकास संस्थाका अध्यक्ष नरेश थापा लगायतले मन्त्ब्य राखेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.