ताण्डव न्यूज ।
संघीय सरकारले प्रदेश सरकारले दिएका सार्वजनिक बिदाको दिन संघ मातहतका कार्यालय समेत बन्द रहने निर्णय गरेको छ ।
बिहीवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकूल बास्कोटाले प्रदेशका बिदाका दिन सम्बन्धित प्रदेशभित्र रहेका संघका कार्यालय समेत बन्द हुने बताए ।यसअघि सरकारले स्पष्ट निर्णय नगर्दा संघ मातहतका कार्यालय र प्रदेश सरकारबीच विवाद हुने गरेको छ ।

२ नम्बर प्रदेश सरकारले तोकेको बिदाका दिन कार्यालय बन्द नगरेको भन्दै प्रदेशका मन्त्री नै कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । प्रदेशको बिदाका दिन प्रमुख जिल्ला अधिकारी सीडीओको कार्यालय बन्द हुने गरेका थिएनन् ।प्रदेश सरकारले वर्षमा ६ दिन सार्वजनिक बिदा दिन पाउने प्रावधान रहेको जनाइएको छ ।
संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका सन्दर्भमा भने गृह मन्त्रालयले निर्णय गरेअनुसार सार्वजनिक बिदा कार्यान्वयन हुने मन्त्री बास्कोटाले बताए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.