www.tandavnews.com
Fact ~ In search of truth

राशिअनुसार वर्ष ०७५को आफ्नो भाग्य हेर्नुहोस्

मेष

वर्षारम्भबाट फागुन ९ गतेसम्म राहु चौथो हुने हुँदा उदर (पेट) सम्बन्धी समस्या आउन सक्छ, त्यसैले आहारविहारमा ध्यान दिनुपर्ने देखिन्छ ।

सातौं गुरुका कारण अध्ययन–अध्यापन लगायत अन्य शैक्षिककार्य र तीर्थाटन, धार्मिक उत्सव आदि धर्मकृत्यमा मन जाने र गरेको कार्य सफल पनि हुनेछ । दशम केतु भने त्यति अनुकुल छैन् ।

Batas

आफ्नो सावधानीको सुरक्षा गर्नुहोला । फागुनपछि सुधार आएसँगै वर्षको अन्त्य शुभकारक रहला ।

बृष

आठौं शनि रहेको हुनाले केही मानसिक अशान्ती, वादविवाद, जग्गाजमिन आदिमा अडचनकारक हुन सक्ने सावधानी अपेक्षित, वैदेशिक कार्यमा हानी हुन सक्ने, विनिमय वाणिज्यकार्यमा समता रहनेछ ।

फागुन ९ गतेसम्म तेस्रो राहुले तपाइलाई सुखद नै रहला, शत्रुहरु दब्नेछन् । आश्विन १७ पछि गुरु सातौं हुँदा अध्ययन–अध्यापन लगायत अन्य शैक्षिककार्य र तीर्थाटन, धार्मिक उत्सव, मनमा शान्ती छाउनेछ । सावधानीपूर्वक गरेका सबै कार्य सफलतातिर लम्कनेछन् ।

मिथुन

तपाईका ग्रह सामान्यतय राम्रा छन् । विविध धार्मिक उत्सवमा समावेश हुने मौका पाइएला ।

श्रमिक मार्ग, न्याय र वैतनिकमार्ग फलदायी हुनेछन् । फागुन ९ गतेसम्म आठौं केतु शरीर सुखमा बाधाकारक हुँदा खानपानमा सावधानी हुन जरुरी छ अन्यथा पेटसम्बन्धी रोगले सताउँला ।

शत्रु प्रत्यक्ष नदेखिएपनि गुप्तरुपमा सक्रिय रहने हुँदा सावधानी अपेक्षित छ । वैतनिकमार्ग सफल अन्यमार्ग मध्यम रहनेछ । वर्षकोे आदिभाग अन्त्यभन्दा राम्रो छ ।

कर्कट

तपाइका ग्रह राम्रा छन् । कृषिकार्यमा विशेष लाभ मिल्ला ।

छैठो शनि शत्रुनिवारणको कारक हुनेछ, धन खर्च भएपनि मन प्रसन्न रहला । फागुन ९ गतेसम्म प्रथम राहु र सप्तम केतु हुनाले आफ्नो तथा दाम्पत्य दुवैमा शारीरिक समस्या विशेषतः उदरविकार हुन सक्ने हुनाले यसतर्फ सावधान रहनुपर्ला ।

उत्तरार्धमा गुरु अनुकुल हुनाले धार्मिककृत्य, पठनपाठन, बौद्धिक क्रियाकलाप, आदिमा राम्रो हुनेछ । वर्षको अन्त्यतिर आर्थिकतामा निकै सुधार, स्वास्थ्यमा सुधार, चन्द्रमाको जप ब्रतले लाभ हुनेछ ।

सिहं

शारीरिक स्वास्थ्यका कारण समस्या आउने हुनाले त्यसतर्फ विशेष ध्यान दिन जरुरी छ । फागुन ९ गतेसम्मको बाह्रौं राहुले व्यर्थ भ्रमण, अनावश्यक व्यय, षष्ठकेतुले शुत्रमाथि विजय प्रदान गर्ला ।

उत्तरार्धमा चौथो गुरु रहने हुनाले पशुचौपायबाट हानी, अनावश्यक तनाव र मानसिक समस्याले सताउला, लेनदेनमा समस्या आउला । वैतनिक र श्रमको मार्ग सफल फलदायी रहनेछ । स्वव्यवसायमा अत्यधिक संयम र सावधानी अपेक्षित छ आंशिक लाभ होला ।

कन्या

तपाइका ग्रहगोचर अनिष्ठता छन् । चौथो शनिको प्रभावले मानसिक तनाव, मिथ्यापवाद, काम कार्यमा विलम्वता, दुख परेशानी आइपर्ने आदि हुन सक्नेछ ।

गुरुको केही अनुकुलतो गर्दा अध्ययन–अध्यापनकार्य, धार्मिककार्य, तीर्थ ब्रतादिकृत्य सफल होलान् । स्वव्यवसायमा अत्याधिक संयम र सावधानी अपेक्षित छ चिताए जति लाभ होला ।

एकादश राहु पनि आयु बढाउनका लागि त था केही मात्रामा अत्य क्षेत्रमा पनि सहयागी रहला । न्याय र वैदेशिक कार्य असफल, वैतनिक र श्रममार्ग फलदायक छन् ।

तुला

विगतमा भन्दा आफ्नो स्थितिमा केही सुधार भएकोले मनाम प्रसन्नता आउने, मानसम्मान र प्रतिष्ठा केही बृद्धि हुनेनै छ । राज्यबाट मानसम्मान, परिवारबाट सुख–सन्तोष, वाहन, पशुचौपाय, कृषिकार्य आदिबाट आम्दानी होला ।

दशम राहुले व्यापार व्यवसायमा यादकदा अड्चन हानिको स्थिति पनि ल्याउन सक्ने हुनाले विचारपूर्वक अगाडि बढ्न राम्रो होला, साझेदारीको व्यवसायमा वादविवाद आइपर्ला ।

दाम्पत्य सुख राम्रो छ, परस्परको विचार विनियमद्धारा गरिएका कामहरु अवस्य सफल होलान् । मानसिक तनावमा कमी आउनाले मन प्रसन्न रहला ।

बृश्चिक

शनिको अन्त्य साढेसाती दशाको प्रकोपले मानिसक अशान्ति, धार्मिक र आध्यात्मिक काममा मन नजाने, पुत्र कलत्रादिबाट असन्तोष, चौपायबाट हानी नोक्सानी, मिथ्यापवाद, काममा पनि अवरोध, आर्थिककष्टले दैनिक दिनचर्यामा आँच आउने, आर्थिकतामा विषमता आदि हुन सक्ला ।

आश्विन १८ गतेबाट गुरुको अनुकुलताले भने क्रमश ः शैक्षिकक्षेत्रमा उन्नति, मनमा प्रसन्नताको लहर, आत्मबलमा बृद्धि, आर्थिकपक्ष बलियो हुँदै जानेछ । वर्षको पूर्वाद्धभन्दा उत्तराद्र्ध बढी सन्तोषजनक छ ।

धनु

मध्य साढेसाती शनिले पुत्रकलआदि, पशुचौपाया, कृषिकार्य आदिमा असन्तोजनक स्थिति होला, व्यर्थको तनाव र अपयश मनमा चिन्ताको कारक हुन जाला ।

आफ्ना इष्टमित्र हितैषीको सहयोग र आफ्नो आत्मबलले पनि बेलामा साथ नदिनेछ । अष्टम राहुले पनि शारीरिक व्याधा दिन बाँकी नराख्ला । व्यर्थगमन अनावश्यक व्यय, आपद्विपद, अनावश्यक डर त्रासले मनमा भयको प्रकोप आदि रहला, अत धैर्य गर्नु राम्रो होला ।

बैदेशिक कार्यमा भने केही सफलता पाइएला ।

मकर

शनिको आद्य साढेसाती हुनाले त्यत्ति राम्रो स मय देखिदैन । पुत्र कलत्रादिबाट असन्तोष, चौपायबाट हानि नोक्सानी, अनावश्यक डर त्रासले मनमा भयको प्रकोप, आर्थिक अभावले केही नयाँ कार्य गर्न असमर्थ, आफ्ना नजिकका व्यक्तिले नै धोका दिने छन् ।

सप्तम राहु दाम्यत्यमा रोगकारक हुन जाला तर वार्षरम्भमा गुरुको अनुकुलता पठनपाठन र घरमा माङ्गलिक कार्यको योग छ । फागुन ९ गतेबाट राहु छैठो हुनाले रोग तथा शुत्रको निवारण होला, विरोध गर्नेहरु पनि अनुकुल हुन जालान् । नयाँ कुनै कामको थालनी होला ।

कुम्भ

ग्रहगोचर राम्रा छन् । बाहौं केतुले अपव्यय तथा लेनदेनमा विवाद गराउने हुनाले सावधान रहनु पर्ला । फागुन ९ गतेसममको छैठो राहु रोग तथा शत्रुको नाश गर्ने होला ।

गरिरहेको व्यवसाय वा कार्यमा दत्तचित्त भई सर्वतोभावेन लाग्ने हो भने त्यसैमा सफलता मिल्न सक्नेछ र त्यसैले आत्मसन्तुष्टि, दाम, नाम, यश, प्रतिष्ठा दिनेछ । भूमि, वाहन, सेयरबजार आदि क्षेत्रमा पनि लाभ नै रहला ।

वैतनिक र व्यापारिक कार्य सफल, न्याय र वैदेशिक मामला आंशिक रहला ।

मीन

मानसिक शान्ति, काममा रुचि, कृषि तथा पशुचौपायाबाट लाभ, आर्थिकतामा सुधार, अनावश्यक व्ययमा राके, सदभावले कामकार्यमा उन्नती होला । शत्रुहरुको हार, मित्रसुख, भाग्योदय, राजइकार्यमा अनुकुल प्रभाव रहला ।

फागुन ९ गतेबाट दशमस्थानका केतुले भने राज्यकार्य र व्यापारिककार्यमा केही अवरोध ल्याउन सक्ने हुनाले सावधान हुनुपर्ला । आश्विनपछि गुरुको कृपाले धार्मिक तथा शैक्षिक क्षेत्रमा सुधार आउला ।

श्रमिक, वैतनिक तथा व्यावसायिक मार्ग सफल, न्याय तथा वैदेशिक क्षेत्रमा आंशिक फल दिने रहला ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.