www.tandavnews.com
Fact ~ In search of truth

मापदण्ड मिचेर आमा समूहको भवन, काम रोक्न सडक कार्यालयद्वारा पत्र

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज । 

पोखरा लेखनाथ महानगरपालिका–५ स्थित, श्री नमूना आदर्श आमा समूहले राजमार्गको मापदण्ड मिचेर भवन बनाए पछि डिभिजन सडक कार्यालय पोखराले काम रोक्न पत्र काटेको छ ।

जिरो किलोमिटर देखि भूपिशेरचन राजमार्गको मापदण्ड सडक केन्द्रबाट १२.५÷१२.५ दायाँ बायाँ रहेकोमा आमा समूहले सडकको पेटीसँग जोडिने गरि भवन संरचना थप्ने काम भईरहेकोले तत्काल निर्माण कार्य रोक्न कार्यालयले पत्रचार गरेको हो ।

Batas

‘पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५ मालेपाटनमा विना स्विकृति निर्माण गरिएको आमा समूहको भवन हटाउन यस अघि पनि पत्रचार भएको व्यहोरा जानकारी गराउँदै पुनह सोही भवनसँगै जोडेर पक्की संचरना निर्माण भइरहेकोमा यस कार्यालयका प्राविधिकले सडक मापदण्ड छाडि पक्की संरचना निर्माण गर्न मौखिक अनुरोध गर्दा समेत अटेर गरी निर्माण कार्य अगाडि बढाईरहेको’ पत्रमा उल्लेख छ ।

पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय पोखराले नमूना आदर्श आमा समूहलाई वैशाख २ गते पत्र पठाएको हो ।

‘सो कार्य तत्काल रोकी सडक मापदण्ड मिचेर निर्माण भएको पक्की संरचना हटाउन’ समेत जानकारी दिँदै नहटाएमा सडक ऐन २०३१ बमोजिम कारवाही गरिने सडक कार्यालयले जनाएको छ ।

सडकको मापदण्ड मिचेर भवन बनाईरहेको वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीले स्विकार गरे । ‘भवन राजमार्गको मापदण्ड विपरित छ,’ उनले भने, ‘डिभिजन सडक कार्यालयले समेत पत्रचार गरेको अवस्था हो, नियमअनुसार भत्काईन्छ ।’

आमा समूहलाई तत्काल निर्माण कार्य रोक्न मौखिक जानकारी गराउँदा समेत भवन बनाइरहेको हुँदा सार्वजनिक जग्गामा बनेको भवन भत्काइने वडाध्यक्ष नेपालीले दाबि गरे ।

आमा समूहले सरकारी निकायको लिखित वा मौखिक आदेशलाई अटेर गर्दै हाल पनि भवन बनाउने काम जारी राखेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.