www.tandavnews.com
Fact ~ In search of truth

सर्वाधिक पुरस्कार राशिको ‘सेभेन ए साइड’ फुटबल सुरु

पोखरा ।

बौद्ध शान्ति क्लव, पोेखरा रामघाटको आयोजनामा प्रथम विष्णुकुमारी गुरुङ स्मृती अन्तर क्लव खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि पोखराको अमरसिंह खेल मैदानमा सुरु भएको छ ।

जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बयनबहादुर क्षेत्रीले प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए ।

Batas

खेलुकदसँगै सभ्य समाज निर्माणमा युवाहरुको भूमिका रहने उल्लेख गरे । उनले रोजगारीका लागि विदेशिने हजारौं युवालाई देशमै रोजगार दिन सकिए युवा शक्ति नेपालमै बसेर राष्ट्रनिर्माणमा लाग्ने बताए ।

नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुनले सेभेन ए साइड फुटबलले खेलाडी तथा रेफ्रीहरुलाई व्यवसायिक बनाउँदै लगेको बताए ।

उनले सेभेन ए साइड फुटबलको विकासका लागि संस्थागत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडीलाई व्यावसायिक र दक्ष बनाउनका लागि कास्कीले छुट्टै फुटबल टिम निर्माण गर्न लागेको जानकारी दिए ।

‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मसिनाले सेती ब्वाइजलाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गरेको छ ।

४२ टिम सहभागी भएको प्रतियोगिताको उपाधि विजेता क्लवले २ लाख २५ हजार रुपैयाँ सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरि दोश्रो स्थान हासिल गर्ने टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने क्लवले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.