मेष
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला ।
बिहीबार देखि स्थितिमा सुधार आउनुका साथै आफन्तसँग सम्पर्क बढ्नाले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने परिस्थिति जुट्नेछ । काम देखाएर उपलब्धी हातपार्ने समय छ ।

बोलीको प्रभाव बढ्नुका साथै अभिव्यक्तिमा निखारता आउनेछ । कर्मयोगले मनग्गे फाइदा दिलाउने समय छ । सप्ताहान्तमा भने केही वादविवादमा परिने सम्भावना देखिन्छ ।
अंक÷रंग ः ९ र १० – रातो
वृष
परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ । बलजफ्ती गर्ने बानीले काममा समेत समस्या पर्नेछ ।
तापनि बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । प्रयत्न गर्दा टाढाका साथीभाइ नजिकिनेछन् भने खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ । बुधवारदेखि स्थितिमा सुधार आउनेछ ।
आफन्तको साथ जुट्नेछ भने जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
अंक÷रंग ः १०÷११ – सेतो
मिथुन
काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ । लगनशिलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । व्यवसायबाटै आर्थिक स्थिति उकास्ने समय छ ।
तर बुधवारदेखि खर्चसमेत बढ्नाले आर्थिक अभाव देखापर्नेछ । पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ । पहिलेका योजनाहरू अधुरै रहनेछन् । लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।
घर–परिवार तथा आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ ।
अंक÷रंग ः ११÷१२– निलो
कर्कट
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ ।
स्वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ । सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै कर्मयोगले समाजमा स्थापित गराउन सक्छ । काम देखाएर उपलब्धि हातपार्ने समय छ ।
विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । परिश्रमअनुसार राम्रै फल पाइनेछ । मनग्गे आम्दानी हुनेछ ।
सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
अंक÷रंग ः १२÷१– सेतो
सिंह
सुरुमा अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ । अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ ।
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ ।
तापनि बुधवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन् ।
सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
सप्ताहान्तमा आम्दानी बढ्नाले नयाँ योजना सुरु हुनेछ ।
अंक÷रंग ः १÷२– रातो
कन्या
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहप्रर्वधक रहनेछ । प्रेमको बन्धन कसिनेछ भने घर–गृहस्थीमा मन रमाउनेछ । सोमवारदेखि अरूका लागि रकम र समय खर्चनुपर्ला ।
स्वास्थ्यमा पनि कमजोरी देखापर्नेछ । सहयोगीहरूको भर पर्दा काम बिग्रन सक्छ । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ । सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ ।
तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
अंक÷रंग ः २÷३– हरियो र खैरो
तुला
पन्छाएर काम बनाउन सकिनेछ । मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पु¥याउनेछ । विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ ।
तर बुधवारपछि फजुल खर्च र वादविवादले समस्या निम्त्याउन सक्छ । शुभचिन्तकहरू पनि टाढिन सक्छन् । मालमत्ता हराउनाले समस्या पर्नेछ । स्वास्थ्यबाधा र मनको डरले पनि सताउनेछ ।
तर सप्ताहान्तमा सामाजिक प्रतिष्ठा बढ्नेछ भने तारिफयोग्य कामले आफ्नो क्षेत्रमा स्थापित बनाउन सक्छ ।
अंक÷रंग ः ३÷४– आकाशे निलो
वृश्चिक
प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ । बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले समस्या उत्पन्न हुनेछ । अरूका लागि जुट्नुपरे पनि बिस्तारै फाइदा हुनेछ ।
सोमवारदेखि व्यापार र उद्योगमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरू भने देखा पर्नेछन् । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ ।
तर विवादास्पद जिम्मेवारीले केही समस्या निम्त्याउनेछ । गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ ।
अंक÷रंग ः ४÷५– रातो
धनु
प्रारम्भमा अप्ठ्यारो परिस्थितिका बीच केही संघर्ष गर्नुपर्ने हुन सक्छ । आफन्तजन टाढिनाले पनि केही समस्या आउन सक्छन् । काम बिग्रने भयले सताउन सक्छ ।
तापनि शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। बुधवारदेखि रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।
व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । सप्ताहान्तमा दिगो फाइदा हुने काम प्रारम्भ गर्न सफल भइने देखिन्छ ।
अंक÷रंग ः ५÷६– पहेँलो
मकर
प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ । पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ । सोमवारपछि पारिवारिक समस्याले सताउन सक्छ ।
साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला । आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, सप्ताहान्तमा फाइदा हुनेछ । प्रयत्न गर्दा अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ ।
कामको सिलसिलामा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ । बुद्धिको उपयोगले मात्र लक्ष्यप्राप्ति हुनेछ ।
अंक÷रंग ः ६÷७ – कालो
कुम्भ
धेरै बोल्ने बानीले विवाद निम्त्याउला । पहिलेको सम्झौताले विवाद निम्त्याउन सक्छ। कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । घरेलु समस्यामा अलि सावधान रहनुहोला ।
सोमवारदेखि शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बीचमा सहयोगका नाममा धोका दिनेहरू सक्रिय रहनेछन ्।
तापनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। योजनाहरू गोप्य राख्नुहोला। आफन्तहरूको सहयोगले फाइदा दिलाउनेछ ।
अंक÷रंग ः ७÷८ – कालो
मीन
परिस्थितिवश लक्ष्य साधनामा पछि परिनेछ । तापनि रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । अरूको सुझावलाई बेवास्ता गर्दा समस्या देखापर्नेछ ।
अप्रिय समाचारले जाँगर मर्नेछ । बुधवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्य पहिल्याउन सकिनेछ । सहयोगीहरूले साथ दिनेछन् । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ । इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ ।
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर जुट्नेछ । तर, बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउनेछ ।
अंक÷रंग ः ८÷९ – पहेँलो
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.