
पोखरा
ताण्डव न्यूज ।
पोखरा महानगरपालिका–२१ वडा कार्यालयले दोविल्ला कमल पोखरीमा राखिएको क्रसर हटाउन पत्र मार्फत निर्देशन दिएकाे छ।
वडाध्यक्ष खगराज आचार्यले १५ दिन भित्र क्रसर हटाउन अन्नपूर्ण कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी प्रालिलाई पत्रचार गरेका हुन् ।

‘हाम्रो वडा अन्र्तगत एसएनआरटिपीले निर्माण गरेको छोरेपाटन, कृस्ति निर्मलपोखरी मोटर मार्गको लागि केही महिना अघि क्रसर राखिएको थियो,’ उनले भने, ‘सम्झौता अवधि सकिएको हुनाले आज पत्र पठाएका छौं । अब दुई हप्ता भित्र क्रसर हट्छ ।’
वडा कार्यालय २१, ले क्रसर कम्पनीलाई १५ दिन भित्र प्लान्ट हटाउन निर्देशन सहित जारी गरेको पत्र ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.