पोखरा
ताण्डव न्यूज ।
पोखरा लेखनाथ महानगरपालिका–२६ कालिका चोक थुमाको सडकमा गुणस्तरहीन पिच गरेको पाइएपछि स्थानियले ताण्डव न्यूजसँग गुनासो गरे। हातले नै पिच उप्कीएको भिडियो र फोटो हामीलाई प्राप्त भएपछि वडाध्यक्षसँग सम्पर्क गर्यौं ।
वडा अध्यक्ष नारायण प्रसाद बरालले पिच सडकको मापदण्ड अनुसार बनाएको दाबि गरे । केही मान्छेले भनेको भरमा नराम्रो भन्न नमिल्ने उनको प्रतिक्रीया थियो ।

सडक पनि मापदण्ड पालना गरेर नबनाएको, नाली तयार नगरिएको, पातलो पिच जुन हातले नै सजिलै उप्काउन मिल्छ भनी वडा कार्यालयमा गुनासो गर्दा समेत कुनै काम कारवाही भएको थिएन।
सामान्यतया बाटो पिच गरिसकेपछि जब सेट भईसक्छ तब हातले उप्काउन नमिल्ने हुन्छ । यसरी हातले उप्काउँदा पिच उप्किन्छ भने त्यो गुणस्तरहीन मानिने पोखरा लेखनाथ महानगरपालिकाका ईन्जिनियर भुवनेश्वर तिमिल्सिनाले बताए ।
वडाध्यक्षले मापदण्ड अनुरुप नै पिच भएको जनाइरहँदा थुमाको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पितृप्रसाद गौतमले केही त्रुटि भएको स्विकार गरेका थिए ।
हामीले न्यूज प्रशारण गरिसकेपछि हिजोदेखि वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षनै निर्माणस्थलमा खटिएको स्थानीयले बताएका छन् । पिच पनि पहिलेको भन्दा गुणस्तर भएको स्थानीयले जनाए । ‘वडाध्यक्ष र उपभोक्ता समितिको अध्यक्ष स्वयं अहिले पिच गर्ने ठाउँमा खटिएका छन्’ एक स्थानियले भने ‘पहिला कुनै कुनै ठाउँमा सडक साँघुरो थियो त्यसलाई पनि अहिले मिलाएर काम अघि बढेको छ ।’
स्रोतका अनुसार वडाध्यक्ष बरालको सिफारिसमा उक्त सडकको ठेक्का ठेकेदार कृष्ण पुनलाई दिइएको हो ।
यो पनि पढ्नुहोस्
पोखरा-२६ कालिका चोक थुमाको सडकमा गुणस्तरहीन पिच
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.