www.tandavnews.com
Fact ~ In search of truth

नेपाल आइडल सिजन २ को अडिसन शुक्रबार पोखरामा

पोखरा
ताण्डव न्यूज ।

फ्रेन्जाइज रियालिटि सो ‘नेपाल आइडल सिजन-२’ को अडिसन भोली (शुक्रबार) पोखरामा हुने भएको छ । आज पत्रकार सम्मेलन मार्फत भोली हुने अडिसन बारे जानकारी गराइयो ।

जनप्रिय उच्च माविमा हुने अडिसन विहान ८ देखि साँझ ४ बजेसम्म जारी रहनेछ । भोलि हुने अडिसन प्रथम चरणको हो ।

Batas

प्रथम चरणको अडिसनमा चुनिने प्रतियोगी दाश्रो चरणका लागि पर्सी (शनिबार) माउन्ट कैलाश रिसोर्टमा दोश्रो चरणको अडिसनमा पुग्नेछन् ।

रजिष्ट्रेसन फर्म अडिसन हुने स्थानमा निशुल्क पाइने छ । वा अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकमा छापिएको फर्म भर्न सकिने आयोजकले जनाएको छ ।

नेपालभित्र बोलिने जुनसुकै भाषामा प्रतियोगी गित गाउन सक्नेछन् । निर्णायकले आवश्यक देखेमा नेपालीमै गित गाउनुपर्ने छ ।

स्वर मात्रै परीक्षण गरिने भएकाले कुनै ट्रयक वा म्यूजिक नचाहिने आयोजकले जनायो । सजिलोका लागी प्रतियोगिले वाद्यवाधनका सामाग्री भने लैजान सक्ने व्यवस्था छ ।

१६ देखि ३० बर्ष बिचका जो कोहीले प्रतियोगितामा भाग लिन पाउने नेपाल आइडलका प्रोजेक्ट हेड तथा निर्देशक सुरेश पौडेलले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.