www.tandavnews.com
Fact ~ In search of truth

यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ

पोखरा
ताण्डव न्यूज ।

नेपाल सरकारले यातायात व्यवस्था कार्य निर्देशिका ०७४ लागू गर्न लागेको विरोधमा यातायात व्यवसायीद्वारा यातायात व्यवस्था कार्यालय गण्डकी सवारी दर्ता शाखा आईतबार बिहान देखि नै घेराउमा परेकाे  छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मुल आन्दोलन समिति अन्तर्गत विभिन्न यातायात सम्बद्ध पाँच महासंघको साझेदारीमा घोषित आन्दोलनका कार्यक्रम अनुसार यातायात कार्यालय घेराउ गरिएको प्रदेश नम्बर ४ का आन्दोलन मूल समितिका संयोजक भानुभक्त बरालले जनाए ।

Batas

सरकारले यातायात सेवा समिति खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु विगत एक हप्तादेखि निरन्तर आन्दोलनमा होमिएका हुन् ।

संघसंस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरु जिल्ला प्रशासन कार्यालयबाट नविकरण हुँदै आएकोमा नेपाल सरकारको हालै बसेको मन्त्रीपरिषद्को निर्णयबाट उक्त संघसंस्थाहरु दर्ता नविकरणमा रोक लगाइएपछि व्यवसायी उक्त निर्णयको विरुद्धमा आन्दोलित छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कानुनी रुपमै सिण्डिकेटलाई खारेज गरे पनि यातायात व्यवसायीको चर्को दबाबका कारण उक्त ऐन हालसम्म कार्यान्वयनमा आउन सकेको थिएन् ।

नयाँ बनेको बाम गठबन्धनको सरकार यातायात सेवामा खरो रुपमा सिण्डिकेट जरैदेखि उखलेर फाल्ने रणनीतिका साथ तयार देखिए पछि संचालनमा रहेका विद्यमान यातायात व्यवसायी समितिहरु सरकारलाई घुँडा टेकाउने उद्देश्यका साथ आन्दोलनरत छन् ।

सरकारको निर्णयअनुसार सम्पूर्ण यातायात संघसमिति कम्पनी ऐन अन्तर्गत दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण गरी रुट परमिट लिनुपर्ने प्रावधान छ ।

व्यवसायीको आन्दोलनका कार्यक्रम अनुसार २१ गते सम्पूर्ण सवारी घर ग्यारेजमा थन्काउने । वैशाख २७ गतेबाट अनिश्चित समयसम्मका लागि सवारी साधन नगुडाउने चेतावनी दिँदै आएका छन् ।

याे पनि पढ्नुहाेस् ।

तोडिदैं सिण्डिकेटको जालो : गण्डकीमा दुई यातायात कम्पनी संचालनको तयारीमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.