www.tandavnews.com
Fact ~ In search of truth

नियम विपरित संचालनमा आएका विद्यालयलाई कारवाही: मेयर जिसी

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका शिक्षा शाखाको आयोजनामा पोखरामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक अवस्थाबारे जानकारी लिनको लागि सरोकारवालासंगको बैठक सम्पन्न भएको छ ।

छलफल पश्चात्त बैठकमा बोल्दै महानगर प्रमुख मानबहादुर जिसिले नियममा चल्नेहरुलाई महानगरले सम्मान गर्ने र साथमै लिएर अगाडि बढ्ने औल्याउदै नियम विपरित गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् ।

Batas

शुल्क बढि लिएको पाईएमा तथ्यगत रुपमा महानगरपालिकामा उजुरी गर्नुस नियमानुसार कार्वाही गर्छौ, एक दुईको व्यवहारमा सबैलाई मुछ्न नमिल्ने औल्याउँदै महानगर प्रमुखले अब महानगरपालिकाले नै अनुमती बेगर सन्चालन भएका विद्यालय, मन्टेस्वरिहरुको अनुगमन तथा विद्यालय, कोचिङ्ग, ट्युसन सेन्टरहरुको अनुगमन गर्ने तयारी गरेको बताएका छन् ।

महानगरपालिकाले आगामी वर्ष देखि स्थानीय आवश्यकतालाई ख्याल गर्दै पर्यटन, खेलकुद लगायतका बिषयवस्तुका पाठ्यपुस्तक तयार गरेर लागू गर्ने तयारिका लागि छलफल समेत सुरु गरिसकेको छ ।

संस्थागत विद्यालयहरुको मनोमानी शुल्क असुल गरेको, मन्टेस्वरिले विद्यालय सरह कक्षाहरु सन्चालन गरेको, अनुमती बेगर कक्षा थप भएका बिषयमा जनगुनासो सुनिने गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.