www.tandavnews.com
Fact ~ In search of truth

सीमा विवाद समाधान गर्न माग

काठमाडौँ(रासस)

माओवादी पूर्व जनमुक्ति सेना, पार्टी नेपालले कञ्चनपुरलगायत जिल्लामा भारतीय पक्षबाट सिमाना मिचिएको भन्दै सीमा विवाद समाधान गर्न माग गरेको छ ।

भारतीय सीमा सुरक्षा बलले कञ्चनपुरमा सीमा अतिक्रमण गर्नुका साथै नेपालीमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै सो पार्टीले आज एक विज्ञप्तिमार्फत घटनाको निन्दा गरेको हो ।

Batas

सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहँदा सीमा विवाद समाधानका लागि वार्ता गर्न नेपाल सकारसँग माग गर्नुभएको छ ।

तत्कालीन माओवादीका पूर्व जनमुक्ति सेना सम्मिलित उक्त पार्टी हालै गठन गरिएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.