www.tandavnews.com
Fact ~ In search of truth

नेपाली सेना सम्बन्धि ‘फिल्म’ बनाउँदै आदित्य बुढाथोकी

पोखरा।

अभिनेता आदित्य बुढाथोकीले आफ्नै निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएका छन् । ‘नेपथ्य’पछि फिल्ममा नदेखिएका आदित्यले यो बीचमा आफुलाई निर्देशकको रुपमा स्थापित गर्न तयारी गरिरहेका थिए ।

यो बीचमा उनले थुप्रै म्यूजिक भिडियोहरु निर्देशन गरिसकेका छन् । ‘अब फिल्मको निर्देशन गर्न सक्छु भन्नेमा ढुक्क छु । र, अहिलेसम्मको मेरो अनुभवले पनि मलाई फिल्म निर्देशन गर्न उत्प्रेरणा दिईरहेको छ ।’ आदित्यले भने–‘त्यसैले मैले अब आफुलाई अभिनेतासँगै निर्देशकको रुपमा पनि प्रस्तुत गर्न लागेको हुँ ।’ चकलेटी अनुहारका आदित्यले यसअगाडि नेपथ्यसँगै, तिमी मेरो म तिम्रो, जीवनको गोरेटो, हे युवा लगाएतका फिल्महरुमा मूख्य अभिनेताको रुपमा अभिनय गरिसकेका छन् ।

Batas

सानैदेखि अभिनय गर्ने आदित्यले २०५९ सालमा राष्ट्रिय नाचघरमा औपचारिक रुपमा अभिनयको कक्षा लिएका थिए । फिल्ममा आउन भन्दा अगाडि नै उनी टेलिफिल्महरुबाट चर्चामा आएका थिए । सबिन बाँस्तोलाको निर्देशनमा तत्कालिन समयमा आउने टेलिसिरियल ‘थोरै भए पुगिसरी’बाट उनी निकै चर्चित बने ।

शम्भु प्रधानको ‘तिमी पुरुष’, विष्णु शर्माको ‘क्याम्पस’ र लय संग्रौलाको ‘एक रात’ जस्ता तत्कालिन समयको लोकप्रीय टेलिसिरियलहरुमा आदित्यले मुख्य भूमिकामा अभिनय गरिसकेका छन् । उनले अभिनयसँगै विभिन्न सर्ट फिल्महरु पनि बनाउँदै आएका छन् । यो बीचमा अभिनय र निर्देशनको माध्यमबाट उनले विभिन्न अवार्डहरु समेत प्राप्त गरेका छन् ।

निर्देशनमा आएपनि आफूले अभिनयलाई पनि सँगसँगै अगाडि बढाउने सोँचमा रहेको आदित्य बताउँछन् । कस्तो हुन्छ त आदित्यले निर्देशन गर्ने फिल्म ? भन्ने बारे उनले भने, ‘राष्ट्रियतासम्बन्धि एउटा कथामा लामो समयदेखि म लगाएत मेरो टिमले फिल्म सम्बन्धि तयारी गरिरहेको छ । राष्ट्रियता सम्बन्धि फिल्म निकै कम बनेका छन् र त्यस्ता फिल्म बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।’ नेपाल आर्मी सम्बन्धि फिल्म बन्ने उनले खुलाए ।

हाल प्रि प्रोडक्शनको काम चलिरहेको फिल्मको बारेमा केहि दिनमा नै आफूले सार्वजनिक गर्ने आदित्यले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.